जखडीमाई विद्यालयमा नि:शुल्क दन्त परिक्षण

भरतपुर, २६ फागुन । किवानिज क्लब अफ चितवनको आयोजनामा विद्यार्थीहरूको नि:शुल्क दन्त परिक्षण गरिएको छ । भरतपुर-११ स्थित जखडीमाई आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत ९० जना विद्यार्थीको नि:शुल्क दन्त परिक्षण गरिएको किवानिज क्लब अफ चितवनका अध्यक्ष श्यामबन्धु पोख्रेलले जानकारी दिनुभयो । क्लबका पूर्वअध्यक्ष टीकाराम कँडेलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा क्लबका सम्पूर्ण प्रतिनिधिको […]
नियात्राकार जीवा लामिछानेसँग भरतपुरमा `अन्टार्कटिका संवाद´

भरतपुर, २६ फागुन । नियात्राकार जीवा लामिछानेसँग भरतपुरमा `अन्टार्कटिका संवाद´ गरिएको छ । लामिछानेको हालै सार्वजनिक पुस्तक `अक्षत अन्टार्कटिका´ सन्दर्भमा रहेर सम्पूर्ण किताब नारायणगढमा उहाँसँग अनौपचारिक संवाद गरिएको हो । अन्टार्कटिका भ्रमणका रोचक एवम् रमाइला प्रसङ्ग उहाँले सुनाउनु भयो । उहाँ केही महिना अगाडि १३ दिन लगाएर अन्टार्कटिकाको भ्रमण गर्नुभएको थियो । उहाँ गृहजिल्ला चितवन […]
गति आफैँ तय गर्नुछ (कविता)

निरन्तर बग्ने खोलासँग के हुनुपर्छ र ? बस् पानी भए पुग्छ । कुना कन्दरा ढुङ्गा माटो गिट्टी बालुवा सबैथोक बहन रोक्ने साधन हुन् । तरपनि पानी निरन्तर बहन छोड्दैन बस् बाटो परिवर्तन हुन सक्छ ढिस्को र पहाड झर्न सक्छ रुखहरुलाई पनि ढल्नुपर्छ र, पानीमै समाहित हुनुपर्छ । एउटा प्राण, पानीमा अड्किएको हो वा अक्सिजनमा दुवै […]
विद्यार्थीको पहिलो रोजाई बन्दै साइप्रसको लिड्रा कलेज

चितवन, २६ फागुन । वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीहरुले पछिल्लो समय साइप्रसको लिड्रा कलेजलाई शैक्षिक गन्तव्य बनाइरहेका छन् । यो कलेज नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ बन्न पुगेको छ । नारायणगढको सहिदचोकस्थित त्रिसा कम्प्लेक्समा रहेको जेभियर इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले विगत चार वर्षदेखि गुणस्तरीय वैदेशिक शिक्षाको निम्ति विद्यार्थीहरुलाई साइप्रस पठाउँदै आएको छ । सहिदचोकमा मुख्य कार्यालय रहेको […]
भरतपुरमा विश्व रोटर्याक्ट सप्ताह सुरु

चितवन, २६ फागुन । रोटर्याक्ट क्लब अफ भरतपुरले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी केक काटेर विश्व रोटर्याक्ट सप्ताह मनाउन सुृरु गरेको छ । सप्ताह अन्तर्गत पहिलो दिन पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सबिन पौडेलले विगतमा क्लबले गरेका कामहरु जानकारी गराउँदै सप्ताह अन्तर्गतका कार्यक्रमबारे बताए । उनका अनुसार […]
ज्येष्ठ नागरिकका पक्षमा “बोरा” उपन्यास

‘बोरा’ अखण्ड भण्डरीद्वारा लिखित एक सामाजिक उपन्यास हो । यो उपन्यास सत्य घटनामा आधारित भएको कुरा लेखकले बताएका छन् । यस उपन्यासले समाजमा ज्येष्ठ नागरिकहरूले सम्मानपूर्ण तरिकाले बाँच्न नपाएको ,उनीहरू अपहेलित ,तिरस्कृत हुनुपरेको यथार्थलाई उद्घाटन गरेको छ । आजका पढेलेखेका भनाउँदा छोराछोरीको नैतिकताको धरातल कमजोर बन्दै गएकाले उनीहरूले आफ्ना बाबुआमाप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्दै व्यक्तिगत सुख […]
फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौँ महानगरको एक लाख जरिवाना

काठमाडाैँ, २६ फागुन । सार्वजनिक क्षेत्रमा क्षति गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले एक लाख जरिवाना तिराउने भएकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार आयोजित कार्यक्रममा विमानस्थल, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । कार्यक्रममा […]