हर्ष न विष्मात (कविता)

राजा गए रानी आइन्
हर्ष न विष्मात भो
चाकडी गर्नै पर्ने गरिबलाई
काम सक्नै पर्ने नोकरलाई
यता हलचल भयो भन्छन्
उता पनि उस्तै हलचल छ रे ।

जुत्ताले निहुँ खोज्या हो कि खुट्टाले ?
बुझ्नै गाह्रो भो
ठेला उठेपछि थाहा पाउँछ खुट्टाले
फोका फुटेपछि थाहा पाउँछ जुत्ताले
सम्बन्ध जोगाउनै मुस्किल
जुत्ता राजा कि खुट्टा रानी
कतिखेर चिप्लिन्छ थाहै नहुने
आदर मान्ने कि अनादर सम्झने ।

हात दिएथ्यो उठाउन
सर्लक्कै भार थोपरेर
उठाउनेलाई नै ढलाउने
कस्तो विडम्बना
राजा गएँ रानी आइन्
न हर्ष न विष्मात
कर्म नै खोटो छ हजुर
दुवैले आदेश नै जताउने हुन् ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट