म गधा (कविता)

मालिककै सहजताका खातिर
भारी बोकेर
दिनभरी घोटिन्छु
पानी नखाई नखाई
लगातार
अनवरत
के घाम के पानी
एैया पनि नभनी
इमान्दार म
हरपल समर्पित छु ।

यता बिग्रन्छ कि उता बिग्रन्छ
भन्दाभन्दै सकियो समय
न उसलाई मेरो विश्वास, न माया नै,
आफ्नोपन त के कल्पना गर्नु र
न त कुनै भरोसा न त कुनै आधार छ
उथलपुथल जिन्दगी
वर्षौँ खियाएका मेरा खुर
मूल्यहीन, अस्तित्वहिन
सोच्दैछु,
के पाएँ के गुमाएँ
उपलब्धी शून्य ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट