भारतको केआइआइटीबाट नेपाल फर्किएका विद्यार्थीहरूलाई टियुले भर्ना लिने

काठमाडौँ, १३ फागुन । त्रिभुवन विश्वविद्यालय (टियु)ले भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीहरूको भर्ना लिने भएको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार विज्ञप्ति जारी गरेर नेपाल फर्किएका विद्यार्थीहरू पढ्न चाहेमा भर्ना लिने जानकारी दिएको हो । टियुले विश्वविद्यालयको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना लिन सकिने जानकारी दिएको छ । ‘भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको […]

मालपोत चोकमा खुल्यो H20 जुस एण्ड स्मूथी क्याफे

भरतपुर, १३ फागुन । भरतपुर महानगरपालिका- १२ स्थित मालपोत चोकमा जुस तथा चियाकफीका पारखीका लागि H2O जुस एण्ड स्मूथी क्याफे सञ्चालनमा आएको छ । विभिन्न प्रकारका फलफूलबाट ग्राहकको चाहना अनुसार जुस तयार गरिनुका साथै विभिन्न किसिमका चिया कफी समेत पाइने पसलका सञ्चालक प्रतीक्षा आचार्यले जानकारी दिनुभयो । ग्राहकको रोजाइ अनुसारका विभिन्न जुस तथा चिया कफी […]

मूलघरको सबैभन्दा माथिल्लो तलामा (कविता)

जसले, जहाँ, जहिले, जसरी जस्तो अवस्थामा भेटिन्छ, उसैले त्यस्तै अवस्थामा त्यहीँ ठाउँको ठाउँ ठहरै हुनेगरी कुट्नैपर्ने कुलङ्गार कुपुत्रहरु पुग्दारहेछन्- केही अपवादबाहेक अहिलेसम्म पनि मूलघरको सबैभन्दा माथिल्लो तलामा ! खत्तम पारिछाडनुपर्ने खलनायकहरु पुग्दारहेछन्- बलियो बोरामा हालेर तार्सेभिरबाट गुल्ट्याइदिनुपर्ने गतिछाडा मतिहीन गोबरगणेशहरु पुग्दारहेछन्- आजीवन उक्किनै नसक्नेगरि भित्तोमा टासेर भित्तैसित घुचेटिदिनुपर्ने घुर्‍यानहरु पुग्दारहेछन्- पुरै नाङ्गेझार पारी मैनीखामोमा बाधेर […]

म गधा (कविता)

मालिककै सहजताका खातिर भारी बोकेर दिनभरी घोटिन्छु पानी नखाई नखाई लगातार अनवरत के घाम के पानी एैया पनि नभनी इमान्दार म हरपल समर्पित छु । यता बिग्रन्छ कि उता बिग्रन्छ भन्दाभन्दै सकियो समय न उसलाई मेरो विश्वास, न माया नै, आफ्नोपन त के कल्पना गर्नु र न त कुनै भरोसा न त कुनै आधार छ […]

साथी भेटेँ, आमा देखेँ (कविता)

एउटा ठूलो भारी चौतारीमा बिसाएर लामो सुस्केरा फेरेँ सुस्केरा भित्रका अनगिन्ती पीडा कहाँ पोखुँ पोखुँ जस्तो उकुसमुकुस भइरहेका बेला त्यो चौतारोमा अचानक तपाई झुल्किनुभयो । मैले तपाईँ भेटेँ तपाईसँगै साथी भेटेँ साथीसँगै दिदी भेटेँ दिदी भेट्दा आमा देखेँ पीडा छल्कियो छरपष्ट, असरल्ल कुन समाउँ, कुन थपाउँ ? कुन देखाउँ, कुन लुकाउँ ? द्विविधा र संकोचले […]

शिक्षकको जन्मदिनमा विद्यार्थीलाई मुनालगायतका पत्रपत्रिका

भरतपुर, १३ फागुन । कालिका माध्यमिक विद्यालय गैंडाकोट- ८ नवलपरासीका शिक्षक भानुभक्त सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर आफैले पढाउने विद्यार्थीलाई उनीहरूले पढ्ने खालका पत्रिका उपहारस्वरूप उपलब्ध गराउनु भएको छ । सोमबार परेको जन्मदिनका अवसरमा उहाँले कक्षा ११ र १२ का विद्यार्थीलाई युवामञ्च, मधुपर्क साथै कक्षा ५ का विद्यार्थीका लागि मुना पत्रिका उपलब्ध गराउनुभएको छ । […]

महाशिवरात्रि मेला : पशुपतिमा पाँच लाख भक्तजनले दर्शन गर्ने अनुमान

काठमाडौँ, १३ फागुन । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था […]