साथी भेटेँ, आमा देखेँ (कविता)

एउटा ठूलो भारी
चौतारीमा बिसाएर
लामो सुस्केरा फेरेँ
सुस्केरा भित्रका अनगिन्ती पीडा
कहाँ पोखुँ पोखुँ जस्तो
उकुसमुकुस भइरहेका बेला
त्यो चौतारोमा
अचानक तपाई झुल्किनुभयो ।

मैले तपाईँ भेटेँ
तपाईसँगै साथी भेटेँ
साथीसँगै दिदी भेटेँ
दिदी भेट्दा आमा देखेँ
पीडा छल्कियो
छरपष्ट, असरल्ल
कुन समाउँ, कुन थपाउँ ?
कुन देखाउँ, कुन लुकाउँ ?
द्विविधा र संकोचले बाँधेको जीवन
बुझ्ने, बुझाउने, सम्झिने र सम्झाउने
आमा तिमी मात्रै देखेँ
तिम्रो काखमा शीर राखेँ ।।

न्यानोपन, खुलेआम
निर्धक्क भएर
मनको ठूलो भारी बिसाउने चौतारी
तिम्ले दिने आत्मबल
मेरो साहस हो
तिम्रो मातृत्व र आत्मियता
म हुनु हो
तिम्रो काख, तिम्रो संस्कार
मेरो अडान, मेरो हिम्मत
मेरो आँट र मेरो शक्ति ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट