भरतपुरमा मापसे गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते

चितवन, ९ फागुन ।
भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते भएका छन् ।

बिहीवार राति ११ः५५ बजेको समयमा भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको लु २० प २८९६ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्कुटर दुर्घटना हुँदा रत्ननगर नगरपालिका–२ बस्ने वर्ष २२ को बासुदेव पराजुली र नवलपुर कावासोती नगरपालिका–३ बस्ने वर्ष ५० को राजु रावत मध्यम घाइते भएको प्रहरीले बताएको छ । दुईमध्ये स्कुटर चालकको थियो भन्ने खुलेको छैन ।

दुवै जनाले मापसे गरेको पाएका छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट