समाजसेवी भट्टद्वारा विद्यार्थीलाई कपडा वितरण

चितवन, ९ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ जना विद्यार्थीलाई उहाँले ट्रयाकसुट दिनुभएको हो । शुक्रबार स्कुल परिसरमा आयोजित कार्यक्रममा उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो । वितरणपछि बोल्दै समाजसेवी […]
घरको छतबाट लडेर घाइते भएका अधिकारीको निधन
मकवानपुर, ९ फागुन । हेटौँडा–५, सानोपोखरामा घरको छतबाट लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाको कालिका नगरपालिका–६, खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार अधिकारी हेटौँडा आई सानोपोखरास्थित भिनाजुको घरमा बसेका थिए । शुक्रबार बिहान ११ बजेको समयमा तीन तला माथि छतबाट खस्दा […]
बागमती प्रदेशमा २ लाख ५६ हजार जनाले एचपिभी खोप
मकवानपुर, ९ फागुन । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये २ लाख ५६ हजार १९१ जनाले खोप लगाएका छन् । अभियानमा २ लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि शुरू भएर ६ फागुनमा सकिएको अभियान अन्तरगत ८६ प्रतिशतले मात्रै […]
भरतपुरमा मापसे गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते
चितवन, ९ फागुन । भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते भएका छन् । बिहीवार राति ११ः५५ बजेको समयमा भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको लु २० प २८९६ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर दुर्घटना हुँदा रत्ननगर नगरपालिका–२ बस्ने […]