प्रजातन्त्र दिवसमा खेलकुद समिति र कभर्ड हल सरसफाई

चितवन, ७ फागुन ।
चितवन जिल्ला खेलकुद विकास समितिले प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले ७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाई गरेको हो । बुधबार बिहान भरतपुर कभर्ड हल र समितिको कार्यालय परिसरमा सरसफाई गरिएको अध्यक्ष राजन कार्कीले बताए ।

जिल्लाका विभिन्न खेलकुद संघहरुसँगको सहकार्यमा कभर्ड हल र समितिको कार्यालय परिसर सफा गरिएको कार्कीले बताए । यससँगै आज नै खेलकुदका संघ संस्थाहरुसँग चियापान तथा अन्तरक्रिया पनि गरिएको थियो ।

कार्यक्रममा चितवन क्रिकेट संघ, भलिबल संघ, ब्याडमिन्टन संघ, कराँते महासंघ, सोतोकान संघ, सितिरियो कराँते संघ, एथ्लेटिक्स संघलगायत प्रशिक्षक तथा खेलाडीहरु सहभागी थिए । सो क्रमका खेलकुद विकास समितिका अध्यक्ष कार्कीले जिल्लाका सम्पूर्ण संघ संस्था, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाई व्यवस्थित गर्दै लैजाने आफ्नो योजना रहेको बताए । जिल्लाको खेलकुद विकासमा सबैसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट