दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता

भरतपुर, ७ फागुन । भारतको दिल्लीमा ५० वर्षिया रेखा गुप्ता नयाँ मुख्यमन्त्री बन्ने भएकी छिन्।  भारतीय जनता पार्टीले बुधबार उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । हालै भएको बिधानसभा निर्वाचनमा दिल्लीमा भाजपा विजयी भएको थियो। उसले  ७० मध्ये ४८ सिटमा विजय प्राप्त गरेको थियो । तर, भाजपाबाट कसलाई कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगिएको थिएन। पहिलो […]

चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघको रक्तदान कार्यक्रम

चितवन, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले भरतपुरको चौबिसकोठीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५ जना महिला सहित ४८ जनाले रक्तदान गरेका छन् । चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष राम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी […]

कलाकार एवं शिक्षक भुपराज पाठकको निधन, माडीको महेश्वरी गंगामा अन्त्येष्टि

माडी, ७ फागुन । दिवंगत कलाकार एवं शिक्षक भुपराज पाठकलाई माडीकै महेश्वरी गंगा (मगोइ नदी)मा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा सयौंको संख्यामा आफन्त, ईष्टमित्र, छिमेकी एवं शुभेच्छुकहरु सागर (महेश्वरी गंगा) पुगेका थिए । रक्तक्यान्सर एवं क्षयरोग रोगको उपचारका क्रममा भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब ७ः३० बजे उनको निधन […]

गण्डकीका विविध पाटाहरूमा विमर्श सम्पन्न

देवघाटधाम, ७ फागुन । महेश सन्न्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र ( Ramananda Research Center ) को आयोजनामा कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्त्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने उद्देश्यले विमर्श सभा सम्पन्न भएको छ । पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट […]

बागमती गोल्डकप : एपीएफ सेमिफाइनलमा

मकवानपुर, ७ फागुन । बागमती गोल्डकप अन्तरगत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । बागमती गाउँपालिका–४ स्थित शहीद स्मृति रंगशालामा भएको खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश […]

कालीगण्डकी संरक्षणमा लागेका आरके अदीप्त गिरी सहितका अभियानकर्मीहरू सम्मानित 

देवघाटधाम, ७ फागुन । संसारकै पवित्रतम कालीगण्डकी नदीको अध्ययन, अनुसन्धान, प्रचार-प्रसार तथा मानवीय अतिक्रमण, दोहनका विरुद्धमा अभियानरत अभियानकर्मीहरूलाई महेश सन्न्यास आश्रमद्वारा सञ्चालित  रामानन्द अनुसन्धान केन्द्रद्वारा प्रदान गरिने ईश्वरी जनकदेव पुरस्कारले सम्मान गरेको छ । बुधबार देवघाट महेश सन्न्यास आश्रममा रामानन्द अनुसन्धान केन्द्रद्वारा आयोजित कालीगण्डकी विमर्श सभामा सो पुरस्कार प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरू : […]

प्रजातन्त्र दिवसमा खेलकुद समिति र कभर्ड हल सरसफाई

चितवन, ७ फागुन । चितवन जिल्ला खेलकुद विकास समितिले प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समितिले ७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सरसफाई गरेको हो । बुधबार बिहान भरतपुर कभर्ड हल र समितिको कार्यालय परिसरमा सरसफाई गरिएको अध्यक्ष राजन कार्कीले बताए । जिल्लाका विभिन्न खेलकुद संघहरुसँगको सहकार्यमा कभर्ड हल र समितिको कार्यालय […]

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुरमा बृहत् साइकल र्‍याली

भरतपुर, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसर पारेर बुधबार भरतपुरमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको आयोजना, चितवन साइकल राइसर्ड क्लबको प्राविधिक सहयोग तथा डि .आर. साइकल स्टोर्स, नारायणघाटको मर्मत सम्भार सौजन्य साथै रोटरी क्लब अफ चितवन र नेपाल पत्रकार महासंघ चितवन शाखाको सहकार्यमा बृहत् […]

बैंकिङ क्षेत्रबाट नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने

काठमाडौं, ७ फागुन । नेपाल राष्ट्र बैंक लिमिटेडका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै थापाले बैंकिङ क्षेत्रको विश्व अहिले […]

भरतपुर अस्पतालमा बिरामीले रोजेको चिकित्सकसँग उपचार गराउन पाइने

चितवन, ७ फागुन । भरतपुर अस्पतालमा बिरामीले आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने भएका छन् । बिरामीको सुविधाका लागि आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । यसका लागि बिरामीले स्वास्थ्य परीक्षण गराउन अग्रिम बुकिङ गर्न सक्छन् । अग्रिम बुकिङ गराउनका लागि ९८५५०१९१६० नम्बरमा एसएमएस वा व्हाट्सएस गरी नामथर, ठेगाना, उमेर […]