चितवन, ७ फागुन ।
भरतपुर अस्पतालमा बिरामीले आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने भएका छन् ।
बिरामीको सुविधाका लागि आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ । यसका लागि बिरामीले स्वास्थ्य परीक्षण गराउन अग्रिम बुकिङ गर्न सक्छन् ।
अग्रिम बुकिङ गराउनका लागि ९८५५०१९१६० नम्बरमा एसएमएस वा व्हाट्सएस गरी नामथर, ठेगाना, उमेर लेखेर म्यासेज गर्न सकिने अस्पतालले जनाएको छ । बिरामीले उक्त म्यासेज गरेपछि दिन र समय तय भएपछि जानकारी गराइने अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।
यो कदमले रेफरल प्रणाली स्थापित गर्न र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालको अपेक्षा छ । भरतपुर अस्पतालका करिब १७० विशेषज्ञहरुको नाम अस्पतालको वेबसाइटमा उल्लेख गरिएका छन् ।





