बागमती गोल्डकप : थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर, ६ फागुन ।
बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियाेगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेकाे छ ।

सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लब विरुद्ध सहज र उत्कृष्ट जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा शेर्पालाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

थ्री स्टारको जीतमा सुशील राई, नवीन लामा, फोफना, एलेक्सले पहिलाे हाफमै गोल गरेका थिए । खेलको म्यान अफ द म्याच थ्री स्टारका नवीन लामा घोषित भए भने उनले १० हजार रुपैयाँ प्राप्त गरे । सोमबार भएको पहिलाे क्वार्टरफाइनल खेलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

१२ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट