पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुँदै

पोखरा, ६ फागुन । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आगामी फागुन ८ (फेब्रुअरी २०, २०२५) गते पोखरा–३०, खुदी, ढुंगेपाटनस्थित विश्वविद्यालय प्राङ्गणमा हुने भएको छ । समारोहको प्रमुख आतिथ्यता शिक्षाविद् जोर्ज जोनले गर्नेछन् भने अध्यक्षता प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्नेछन् । दीक्षान्त समारोहमा ७ हजार ८७२ विद्यार्थी दीक्षित हुनेछन् । त्यसमध्ये ३० जनाले […]

एमाले महासचिव पोखरेलसँग रुसी कुटनैतिक अधिकारीको भेट

काठमाडौँ, ६ फागुन । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीव्रता दिएका छन् । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर – काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका […]

राेकिएका बक्याैता भुक्तानी दिन सुरु भएकाे छ : गृहमन्त्री

मकवानपुर, ६ फागुन । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिलेकाे सरकार सुशासन कायम गर्न, मुलुकमा दिगाे शान्ति, सुशासन, आर्थिक गतिविधि बढाइ राष्ट्रिय पुँजीकाे निर्माण गर्ने पथकाे लागि समिकरण भएकाे बताएका छन् । मंगलबार हेटाैंडामा दोस्राे राष्ट्रिय निर्माण तथा व्यापार महाेत्सवकाे उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । गृहमन्त्री लेखकले मुलुककाे विकासका लागि निर्माण व्यवसायीहरु […]

बागमती गोल्डकप : थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश

मकवानपुर, ६ फागुन । बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियाेगिता अन्तर्गत मंगलबार भएको क्वाटरफाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं सेमिफाइनल प्रवेश गरेकाे छ । सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लब विरुद्ध सहज र उत्कृष्ट जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो । बागमती–४ स्थित सहिद स्मृति […]

नेपालमा एमसीसी परियोजना स्थगित

भरतपुर, ६ फागुन । नेपालमा मिलेनियम च्यालेन्स कर्पाेरेशन(एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएको छ । एमसीसीले अर्थ मन्त्रालयलाई पत्राचार गरी ९० दिनका लागि परियोजना स्थगित भएको जानकारी गराएको छ । अर्थ मन्त्रालयले मंगलबार प्रेस बिज्ञप्तिमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू स्थगन भएको जानकारी दिएको छ । एमसीसीमार्फत नेपालमा प्रसारण लाइन र […]

हेल्प नेपालको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा, स्कुल व्याग र स्टेसनरी सामग्री

भरतपुर, ६ फागुन । श्री आधारभूत विद्यालय (१-५) कञ्चनवस्ती भरतपुर- २१ पार्वतीपुर, चितवनका विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग, स्टेसनरी तथा खेलकुदका सामग्री उपलब्ध गराइएको छ । हेल्प नेपाल नेटवर्कको सहयोग र इन्द्र भगवती अक्षयकोषको आयोजनामा यी सामग्री उपलब्ध गराइएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पाण्डे, अध्यक्ष बाबुराम तिमिल्सिना, वडाध्यक्ष कृष्णकुमार गुरुङ, हेल्प नेपालका अन्तर्राष्ट्रिय […]

कालीगण्डकीका विविध पाटाहरूमा विमर्श गरिँदै

देवघाटधाम, ६ फागुन । महेश सन्न्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र ( Ramananda Research Center ) को आयोजनामा फागुन ७ गते कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्त्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने उद्देश्यले विमर्श सभा गर्न लागिएको छ । पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना […]

मातृभूमि साहित्य समाज मकवानपुरले स्रष्टा सम्मान गर्ने

मकवानपुर, ६ फागुन । मातृभूमि साहित्य समाज मकवानपुरद्वारा विभिन्न स्रष्टा तथा व्यक्तित्व सम्मानित हुने भएका छन् । सोमबार हेटौंडामा बसेको समाजको कार्यसमिति बैठकले ७ वटा बिधामा ९ जनालाई एकै मञ्चमा सम्मानित गर्ने निर्णय गरेकाे सचिव किशन पौडेलले जानकारी दिए । समाजले नित्यानगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार,२०८० द्वारा गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित हुने भएका छन् । […]

माडीका महिलालाई आत्मनिर्भर बनाउन नि:शुल्क सिलाइ तथा कटाइ तालिम

चितवन, ६ फागुन । माडी नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन नारायणगढ लायन्स क्लब लायन जितबहादुर पिया व्यावसायिक तालिम केन्द्रले तीनमहिने नि:शुल्क सिलाइ तथा कटाइ प्रशिक्षण निरन्तररूपमा दिँदै आएको छ । माडी नगरपालिका, वडा नम्बर ४ सिधुवामा सोमबार दसौँ समूहको प्रशिक्षण सुरू र सोही वडाको शीतलपुरमा तीन महिनासम्म चलेको नवौँ समूहको प्रशिक्षण समापन भएको छ । छुट्टाछुट्टै […]