आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते

पोखरा, ३ फागुन ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका पोखरा प्रर्दशनी केन्द्रमा शनिबार आयोजित भ्रमण वर्षको उद्घाटन समारोहमा उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा उनीहरु दुईजना घाइते भएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्ने क्रममा दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा बेलुन आगोको ज्वालामा परेपछि पड्किको थियो । ठूलो आवाजसहित पड्किएको बेलुनका कारण उनीहरु दुई जनाको अनुहारमा आगोले पोलेको हो ।

घाइते दुवैजनालाई उपचारका लागि पोखरा ४ गैहापाटनस्थित फिस्टेल अस्पताल लगिएको थियो । तर मन्त्री पौडेललाई भने थप उपचारका लागि  कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको अर्थमन्त्रालयको सचिवालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट