नारायणी टुडेले शिक्षकहरूबिच हाजिरीजवाफ प्रतियोगिता गर्ने

चितवन, ३ फागुन । नारायणी टुडे राष्ट्रिय मासिकले रजत वार्षिकोत्सवको अवसरमा मावि तहमा पढाउने शिक्षकहरूबिच हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । नारायणी टुडेका प्रकाशक/प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । प्रतियोगिता फागुन ९ गते शुक्रबार बिहान १०:३० बजे नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयमा आयोजना हुनेछ । प्रतियोगितामा पहिलो हुने […]
गजल मञ्च चितवनद्वारा `गजलमा प्रणय´ कार्यक्रम आयोजना

भरतपुर, ३ फागुन । फेब्रुअरी १४ अर्थात फागुन २ गते प्रणय दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । भरतपुरमा भने गजलवाचन कार्यक्रम गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसर पारेर गजल मञ्च चितवनले शनिबार गजल वाचन कार्यक्रम गरेको हो । भरतपुरको बाइपास रोडस्थित आरम्भ कलेजमा गरिएको `गजलमा प्रणय´ कार्यक्रममा चितवन, नवलपरासी, […]
श्रीकृष्ण तालुमाया-नमुना स्मृति गजल सम्मानद्वारा नमुना सम्मानित

मकवानपुर, ३ फागुन । गजल मञ्च मकवानपुरले दुर्गा लामिछाने ‘नमुना’लाई श्रीकृष्ण तालुमाया – नमुना स्मृति गजल सम्मानद्वारा सम्मानित गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच गजल मञ्चकी संस्थापक उपाध्यक्ष लामिछानेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गजल क्षेत्रको संस्थागत विकास गर्दै उन्नयन र प्रबर्द्धनमा भूमिका खेलेको भन्दै शिक्षासेवी एवम् साहित्यसेवी भोला शिवाकोटीले स्थापना […]
चितवनमा पहिलोपटक डेडबडी फ्रिजिङ्गको होम डेलीभरी सुविधा

भरतपुर, ३ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित वीरेन्द्र डिग्री क्याम्पसगेटमा मनकामना डेडबडी फ्रिजिङ्गले शव फ्रिजीङ्गको सेवा शुरु गर्न थालेको छ । घरमा मृत्यु भएका या अस्पतालमा सबै प्रक्रियापछि पठाईएको शबलाई लक्षित गर्दै यो सेवा शुरु गरिएको हो । विदेशमा रहेका सन्तानहरुको पर्खाइ र शव सुरक्षणको लागि यो सेवा शुरु गरिएको कम्पनीका प्रबन्ध […]
आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते

पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका पोखरा प्रर्दशनी केन्द्रमा शनिबार आयोजित भ्रमण वर्षको उद्घाटन समारोहमा उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा […]
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट

भरतपुर, ३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरू मध्ये पालिकाले समयमै […]