भृकुटीमण्डपमा एग्रीटेक इन्टरनेशनल एक्स्पो शुरु

काठमाडौं, २ माघ ।
राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ शुरु भएको छ । एक्स्पो फागुन ४ गतेसम्म रहने छ । एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि.ले संयुक्तरुपमा एग्रीटेक इन्टरनेशनल एक्स्पो आयोजना गरेको हो ।

एक्स्पोमा १ सय बढी स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । भट्टराईले एक्स्पोले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गरे । भट्टराईले सानासाना औजार, मेशिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिएको बताए । भट्टराईले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन एक्स्पो कोशेढुङ्गा सावित हुने बताए । प्रवन्ध निर्देशक भट्टराईले एक्स्पोमा सबैलाई निःशुल्क प्रवेश रहेको बताए ।

यसैगरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रलाई यान्त्रीकरणको माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताएका छन् । एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका हुन् । अधिकारीले एक्स्पोले कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण जानकारी दिने विश्वास राखेको बताए । अधिकारीले यान्त्रीकरणको माध्यमबाट मात्रै कृषिको विकास हुने कुरा सबैले स्वीकार्नु पर्ने बताए । अधिकारीले सामान्य भन्दा सामान्य उत्पादनका लागि पनि यान्त्रीकरणकै माध्यमबाट अगाडि जानसके आत्मनिर्भरताका लागि मात्रै नभइ व्यवसायिक खेतीका लागि र नेपालीहरु बचाउनका लागि नेपालीहरुको भान्सामा पुग्न सकिने बताए । अधिकारीले प्रविधिलाई जोड दिँदै नेपालीहरु आफ्नै खुट्टामा उभिनसक्ने वातावरण तयार गर्ने सरकारको उद्देश्य रहेको बताए । मन्त्री अधिकारीले एक्स्पोले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ठूलो टेवा पुग्ने र यस किसिमको प्रदर्शनीहरु ग्रामिण क्षेत्रमा पनि गर्न जरुरी रहेको बताए ।

त्यसैगरी, उक्त एक्स्पोमा कृषिका विभिन्न विधाहरु ( जस्तै: बाख्रापालन, कुखुरापालन, माछापालन, गाई / भैंसी पालन, डेरी, खाद्य प्रविधि, कृषिका मेशिनरी औजार, उपकरण, भेटेनरी ) लगायतका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । एक्स्पो स्थलमा सबै विधाका अलग – अलग समूह स्टल रहेका छन् । उक्त एक्स्पोमा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । त्यस्तै, उक्त एक्स्पोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धकको मुख्य भूमिकाको रुपमा रहेको छ, भने सहयोगी संस्थाहरुमा राष्ट्रिय दुग्ध विकास वोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, नेपाल गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल पोल्ट्री महासंघ रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट