स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा घिमिरे

हेटौँडा, २ फागुन ।

स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे (अनुराग) निर्वाचित हुनुभएको छ। शुक्रबार भएको चौथो अधिवेशनबाट घिमिरे सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र कार्की, सचिवमा वसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन हुनुभएको छ । सदस्यमा सुमिना चौलागाईं, नवीन चौधरी र प्रमोद सहनी चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । संघका अध्यक्ष गोकुल अधिकारी, केन्द्रीय समिति उपमहासचिव सुरेश श्रेष्ठको उपस्थितिमा अधिवेशन भएको हो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट