बागमतीको मुख्यमन्त्री युएई जाने, कार्यवाहकको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई

मकवानपुर, २९ माघ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संयुक्त अरब इमिरेट्स (युएई) जाने भएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिइएकाे छ ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री लामा माघ ३० गते बुधबार युनाइटेड अरब इमिरेट्सको दुबईमा हुने विश्व सरकार सम्मेलन–२०२५ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दैछन् । कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयले जनाएको छ । कृषि मन्त्री श्रेष्ठले माघ ३० गतेदेखि मुख्यमन्त्री लामा नफर्किउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

विश्व सरकार सम्मेलनमा मुख्यमन्त्री लामाले ‘भविष्यको सरकारको आकार’ सत्रमा हुने छलफलमा सहभागी हुने बताइएकाे छ । उनी फागुन ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यलायले जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट