वैदिक संस्कृत गुरुकुललाई रुद्रप्रसाद-विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गरिने

मकवानपुर, २१ माघ ।
हेटौंडा–१८ ठूलोदमारस्थित वैदिक वानप्रस्थ आश्रम वैदिक संस्कृत गुरुकुललाई रुद्रप्रसाद-विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गरिने भएकाे छ ।

रुद्रप्रसाद-विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषले आश्रमलाई नगद ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार दिने निर्णय गरेको हो । हेटौंडा–४ स्थित रुद्रप्रसाद-विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषका संयोजक आरसी रिजालले आगामी चैत महिनाको अन्तिममा पुरस्कार प्रदान गरिने बताए ।

यसअघि आँचल साहित्य कलापुञ्ज मकवानपुर र नवसर्जक साहित्य चौतारीलाई उक्त पुरस्कार प्रदान गरिएको छ । १५ जना दलित समुदायका विद्यार्थी अध्ययनरत आश्रममा २० जना विद्यार्थी आश्रित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट