चितवनका पुस्तक व्यवसायीद्वारा दाहाखानीका विद्यार्थीलाई शैक्षिकसामग्री वितरण

भरतपुर, २१ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ चितवन शाखाले १२ औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर श्री आदर्श आधारभूत विद्यालय इच्छाकामना- ७ दाहाखानीका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद तामाङ र प्रधानाध्यापक भक्तबहादुर गुरुङको रोहवरमा विद्यार्थीलाई झोला, कापी, कलम, ज्यामितिबक्स, क्यालकुलेटर, सिसाकलम, सापनर, […]

हेटौंडामा नवसर्जक उत्सव हुने

मकवानपुर, २१ माघ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा नवसर्जक उत्सव हुने भएको छ । नवसर्जकहरु उत्पादन गर्ने, पठन तथा लेखा संस्कृतिको विकास गर्ने उद्देश्यले नवसर्जक उत्सव आयोजना गर्न लागिएकाे सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएकाे छ । आगामी फागुन ९ र १० गते हेटौंडामा राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुनेछ […]

वैदिक संस्कृत गुरुकुललाई रुद्रप्रसाद-विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गरिने

मकवानपुर, २१ माघ । हेटौंडा–१८ ठूलोदमारस्थित वैदिक वानप्रस्थ आश्रम वैदिक संस्कृत गुरुकुललाई रुद्रप्रसाद-विष्णुकुमारी स्मृति पुरस्कार प्रदान गरिने भएकाे छ । रुद्रप्रसाद-विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषले आश्रमलाई नगद ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार दिने निर्णय गरेको हो । हेटौंडा–४ स्थित रुद्रप्रसाद-विष्णुकुमारी रिजाल स्मृति पुरस्कार कोषका संयोजक आरसी रिजालले आगामी चैत महिनाको अन्तिममा पुरस्कार प्रदान गरिने […]

मेयर दाहालद्वारा विद्यालय भवन शिलान्यास

चितवन, २१ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गरेकी छन् । मेयर दाहालले भरतपुर–६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रुपमा अगाडि बढाइएको बताइन् । उनले भरतपुर महानगरपालिकाले गत […]

मारवाडी सेवा केन्द्रद्वारा विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री वितरण

भरतपुर, २१ माघ । मारवाडी सेवा केन्द्र नारायणगढले सरस्वती पूजाको अवसरमा भरतपुर महानगरपालिका- ११ स्थित श्री सिद्धीजनकल्याण आधारभूत विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री वितरण गरेको छ । सेवा केन्द्रका अध्यक्ष पंकज अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय बिनु रायमाझी, विशिष्ट अतिथिमा नेपाल मारवाडी राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष […]

भरतपुरमा नामी ईभी सार्वजनिक

भरतपुर, २१ माघ । नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमडब्ल्यु वृद्धिले आइतबार साँझ भरतपुरमा एक कार्यक्रमबिच नामी ईभी सार्वजनिक गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, एमएडब्ल्यु वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्त र बिक्री प्रमुख राजेन्द्र सिग्देललगायतले नामी सार्वजनिक गरेका हुन् । ह्याचब्याक सेगमेन्टको नामी […]

लोक दोहोरी गायिका हरिदेवी कोइराला रचित देशभक्ति गीत सार्वजनिक

भरतपुर, २१ माघ । लोक दोहोरी गायिका हरिदेवी कोइरालाको रचना रहेको “कसको हुन्छ यस्तो भाग्य” बोलको देशभक्ति गीत सार्वजनिक भएको छ । गीत कोइरालाको युट्युब च्यानलमार्फत हिजो (आइतबार) सार्वजनिक गरिएको हो । गीतमा संगीत र गायन सर्वज्ञमान शाक्यको रहेको छ । गीतमा नेपालका प्राकृतिक सम्पदा, राष्ट्रिय विभूति, वीरता लगायत विषयको वर्णन गरिएको छ । पूरा […]

आज विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै श्रीपञ्चमी मनाइँदै

काठमाडौं, २१ माघ । विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा मनाउने गरिन्छ । श्रीपञ्चमी वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा छ । आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, पत्रकार लगायतले कला साधनाका वस्तु पूजा गर्दछन् । श्रीपञ्चमीको दिन […]