भरतपुर, २१ माघ ।
लोक दोहोरी गायिका हरिदेवी कोइरालाको रचना रहेको “कसको हुन्छ यस्तो भाग्य” बोलको देशभक्ति गीत सार्वजनिक भएको छ । गीत कोइरालाको युट्युब च्यानलमार्फत हिजो (आइतबार) सार्वजनिक गरिएको हो । गीतमा संगीत र गायन सर्वज्ञमान शाक्यको रहेको छ ।
गीतमा नेपालका प्राकृतिक सम्पदा, राष्ट्रिय विभूति, वीरता लगायत विषयको वर्णन गरिएको छ ।
पूरा गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:





