मारवाडी सेवा केन्द्रद्वारा विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री वितरण

भरतपुर, २१ माघ ।
मारवाडी सेवा केन्द्र नारायणगढले सरस्वती पूजाको अवसरमा भरतपुर महानगरपालिका- ११ स्थित श्री सिद्धीजनकल्याण आधारभूत विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री वितरण गरेको छ ।
सेवा केन्द्रका अध्यक्ष पंकज अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय बिनु रायमाझी, विशिष्ट अतिथिमा नेपाल मारवाडी राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष उमाशंकर अग्रवाल तथा अतिथिहरूमा मारवाडी सेवा केन्द्रका पूर्व अध्यक्ष प्रमोद चाचान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटा, प्रधानाध्यापक कमला पौडेल, वडा नम्बर ११ का वडा सदस्य सीता रणपाल, नारायणगढ राउन्ड टेबल १४ का अध्यक्ष प्रवीण बंशल, नारायणगढ राउन्ड टेबल १४ का पूर्व अध्यक्ष डाक्टर सन्दीप गर्ग रहनुभएको थियो ।

कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष विकास बर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमलाई महासचिव निरज अग्रवालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्रका सचिव तथा कार्यक्रम संयोजक सुशील अग्रवालसहित कार्यसमितिका सदस्यहरू प्रदीप अग्रवाल र अशोक अग्रवालका साथै मदनलाल पोद्दार, मुकेश अग्रवाल, दिलिप डागा, हितेश लखोटियालगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट