श्यामप्रसाद प्रतिष्ठानको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

मकवानपुर, १७ माघ ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन हेटौँडा -१० टोनीहेगन पार्कमा सम्पन्न भएको छ । राजनैतिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा  प्रतिष्ठानका आजीवन सदस्यहरूबीच भएको भेलाले सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । बाँकी चार सदस्यहरू भने संस्थाको बैठकले मनोनित गर्नेछ ।

सर्वसहमतिमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष इन्द्रप्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल, सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल, शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा चयन हुनुभएको छ ।

प्रमुख वक्ताका रुपमा बामपंथी नेता केदार न्यौपाने रहनुभएको भेलामा सल्लाहकारहरू प्रेम बहादुर पुलामी छिन्तु, मुनु सिग्देल, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य ऋषिराम पोखरेलले राख्नुभएको थियो । उक्त साधारण सभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गर्नुभएको कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो ।

नवनियुक्त अध्यक्ष सूर्यचन्द्र न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट