मर्स्याङ्दी टोल विकास संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन, १७ माघ । चितवनको भरतपुर- ७ स्थित मर्स्याङ्दी टोल विकास संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गत वर्ष भएको अधिवेशनपछि निर्वाचित पदाधिकारीले टोलमा भए गरेका काम र आगामी योजनाका बारेको जानकारी सहित साधारणसभा सम्पन्न भएको हो । साधारणसभा कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर- ७ का कार्यबाहक वडा अध्यक्ष मीनबहादुर गुरुङ र […]

श्यामप्रसाद प्रतिष्ठानको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

मकवानपुर, १७ माघ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन हेटौँडा -१० टोनीहेगन पार्कमा सम्पन्न भएको छ । राजनैतिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा  प्रतिष्ठानका आजीवन सदस्यहरूबीच भएको भेलाले सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । बाँकी चार सदस्यहरू भने संस्थाको बैठकले मनोनित गर्नेछ । सर्वसहमतिमा निर्वाचित नयाँ […]

कवि एकदेव रिमालको `चिसो बाकस´ सार्वजनिक

गैँडाकोट, १७ माघ । कवि तथा युवा व्यवसायी एकदेव रिमालको पहिलो कृति ‘चिसो बाकस’ कवितासंग्रह बिहीबार गैंडाकोटमा एक समारोहबिच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, कविका मातापिता जमुनादेवी र ईश्वरीनाथ रिमाल, गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालालगायतले कृति लोकार्पण गरेका हुन् । गैँडाकोट नगर […]

पूर्वीचितवनमा तीन वटा कृति एकैसाथ सार्वजनिक

रत्ननगर, १७ माघ । पूर्वीचितवनमा तीन वटा कृति एकैसाथ सार्वजनिक गरिएको छ । वाल्मीकि साहित्य सदनको आयोजनामा बिहीबार रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा कृति विमोचन तथा कवितावाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा विश्वनाथ खनालको कवितासङ्ग्रह `फूलहरू´, राजेन्द्र घायलको कवितासङ्ग्रह `घायलको घुयेँत्रो´ र गिरिराज डल्लाकोटीको मुक्तकसङ्ग्रह `गुम्फन´ विमोचन गरिएको हो । वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु […]

अमेरिकामा हवाइ दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु

भरतपुर, १७ माघ । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा सैन्य हेलिकप्टर र यात्रु बोकेको जहाज एक आपसमा ठोक्किँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीबीएस […]

शारदानगरमा माघ २२ गते देखि बखान कप हुने

चितवन, १७ माघ । तेस्रो संस्करणको बखान च्याम्पियनसिप फुटबल प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ । वडा खेलकुद विकास समिति भरतपुर १९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । बखान मिनी रंगशाला भरतपुर १९ शारदानगरमा हुने प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १२ टोली सहभागी हुने आयोजकले जानकारी दिएको छ । सहभागी टोलीलाई […]