पूर्वीचितवनमा तीन वटा कृति एकैसाथ सार्वजनिक

रत्ननगर, १७ माघ ।
पूर्वीचितवनमा तीन वटा कृति एकैसाथ सार्वजनिक गरिएको छ । वाल्मीकि साहित्य सदनको आयोजनामा बिहीबार रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा कृति विमोचन तथा कवितावाचन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विश्वनाथ खनालको कवितासङ्ग्रह `फूलहरू´, राजेन्द्र घायलको कवितासङ्ग्रह `घायलको घुयेँत्रो´ र गिरिराज डल्लाकोटीको मुक्तकसङ्ग्रह `गुम्फन´ विमोचन गरिएको हो । वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरे, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल र भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीलगायतले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो ।

विमोचन भएका कृतिहरू `फूलहरू´का बारेमा चेतराज रेग्मी, घायलको `घुयेँत्रोको बारेमा´ कपिल अज्ञात र `गुम्फन´का बारेमा केशवराज आमोदीले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा लक्ष्मण अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने अन्य विभिन्न स्रस्टाले रचनावाचन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट