सुरजको नयाँ बाल कृति बजारमा

भरतपुर, १५ माघ ।
साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ वटा कविता छन् ।

कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् ।

कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको बताउँदै भने, ‘कविता संग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि उपाध्यायका गजल संग्रह `तिम्रो मन फर्किएन´ (२०६०) र बालकविता सञ्चयन `चील उड्यो आकाशमा´ (२०७१) र `साइकल´ (२०७९) प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट