चेपाङ छात्रावासलाई नारायणगढ लायन्स क्लबबाट खाद्यान्न सहयोग

चितवन, १४ माघ ।
सुनौलो किरण संस्थाद्वारा कालिका नगरपालिका-१० मा सञ्चालित सिद्दि चेपाङ छात्रावासलाई नारायणगढ लायन्स क्लबले ५० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियको ग्लोबल कज अन्तर्गत सोमबार छात्रावासमै पुगेर खाद्यान्न सहयोग गरिएको हो ।

सिद्दि छात्रावासमा आश्रित ६४ जना बालबालिकालाई अति आवश्यक चामल, दाल, नुन, तेललगायत दैनिक खाद्यान्न सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक पूर्वअध्यक्ष लायन विवश पियाले जानकारी दिए ।

प्रमुख अतिथि लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ आर नेपालका द्वितीय भाइस गभर्नर एफजेएफ लायन प्रभाकर पण्डितले खाद्यान्न सामग्री छात्रावासका संचालक भरत चेपाङलाई हस्तान्तरण गरेका हुन् ।

क्लबका अध्यक्ष एमजेएफ लायन राजु पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वडिष्ट्रिक्ट गभर्नर, संस्थापक सचिव लायन प्रभातकुमार जोशी, पूर्वअध्यक्षहरू एमजेएफ लायन शान्तकुमार पिया , लायन सनदकुमार पिया , लायन प्रसन्नकुमार जोशी, लायन प्रशान्तकुमार पिया, लायन सुबोध श्रेष्ठ, लायन बिधान श्रेष्ठको उपस्थिती रहेको कार्यक्रम संचालक एवं क्लब सचिव लायन उमेश पियाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट