चेपाङ छात्रावासलाई नारायणगढ लायन्स क्लबबाट खाद्यान्न सहयोग

चितवन, १४ माघ । सुनौलो किरण संस्थाद्वारा कालिका नगरपालिका-१० मा सञ्चालित सिद्दि चेपाङ छात्रावासलाई नारायणगढ लायन्स क्लबले ५० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियको ग्लोबल कज अन्तर्गत सोमबार छात्रावासमै पुगेर खाद्यान्न सहयोग गरिएको हो । सिद्दि छात्रावासमा आश्रित ६४ जना बालबालिकालाई अति आवश्यक चामल, दाल, नुन, तेललगायत दैनिक खाद्यान्न सामग्री […]

अभिनेता नीर शाहलाई हेटौंडामा पञ्चेबाजासहित स्वागत

मकवानपुर, १४ माघ । अभिनेता नीर शाहलाई हेटौंडामा स्वागत गरिएको छ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्ने अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार ग्रहण गर्न सोमबार हेटौंडा आइपुगेका शाहलाई स्वागत गरिएको हो । गीतकार समेत रहेका शाहलाई प्रतिष्ठानले मंगलबार १६ औँ संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ बाट पुरस्कृत तथा सम्मानित गर्दैछ […]

प्रेस सेन्टर भरतपुर प्रतिनिधिलाई मेयर दाहालद्वारा स्वागत

चितवन, १४ माघ । प्रेस सेन्टर भरतपुर महानगर कमिटीका प्रतिनिधिलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गरेकी छन् । आइतबार सम्पन्न प्रेस सेन्टर चितवनको वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट निर्वाचित भरतपुर महानगर कमिटीलाई सोमबार प्रमुख दाहालले आफ्नै कार्यकक्षमा स्वागत गरेकी हुन् । महानगर प्रमुख दाहालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । […]

प्रभु महालक्ष्मीको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ सम्पन्न

कास्की, १४ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० गतेदेखि १३ गतेसम्म चलेको ‘एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५´ कार्यक्रम उल्लास, उत्सव र व्यवसायिक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका रुपमा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन […]

रोटरी अफ क्लब चितवनको डिष्ट्रिक्ट गभर्नर भ्रमण एवं नियमित साप्ताहिक बैठक सम्पन्न

चितवन, १४ माघ । रोटरी अफ क्लब चितवनको डिष्ट्रिक्ट गभर्नर भ्रमण एवं नियमित साप्ताहिक बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष भानु शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन थिए । अतिथिमा पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्र पिया, सहायक गभर्नर हरिप्रसाद सुवेदी, सहसचिव अशोकमान कपाली […]

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

चितवन, १४ माघ । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ । प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ । चौतारी […]

प्रेस चौतारी चितवनले पत्रकार सुत्केरी पोषण कार्यक्रम शुरु गर्ने

चितवन, १४ माघ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका नयाँ सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम शुरु गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी […]