प्रभु महालक्ष्मीको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ सम्पन्न

कास्की, १४ माघ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

पोखरामा माघ १० गतेदेखि १३ गतेसम्म चलेको ‘एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५´ कार्यक्रम उल्लास, उत्सव र व्यवसायिक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रसाईले अभिकर्ताहरुले गरेको योगदानको उपलब्धीलाई कम्पनीले सदा सम्मान गर्ने बताए । यसपटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महाउत्सवको रुपमा रहेको प्रसाईले बताए ।

ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यवसायिक क्षमता अभिबृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटी हुनु भनेको अभिकर्ताहरुले अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए । सम्बोधनकै क्रममा लामिछानेले अभिकर्ताहरुले प्रयास गरे केही असम्भव नहुने बताए । लामिछानेले अन्य सहभागीहरुलाई सम्मानित अभिकर्ताहरुबाट सिक्न र जोसजाँगरका साथ काम गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायिक क्षमता अभिबृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुका साथै उच्च व्यवस्थापन टिम गरी करिब २ सय ५० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट