भरतपुर, १३ माघ ।
चितवन जिल्ला अदालत बार एशोसिएशनको २३ औँ अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित हुनुभएको हो । उहाँले ८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सिलवालले ७८ मत प्राप्त गर्नुभयो ।




