अङ्कुरम् एकेडेमीका अभिभावकलाई अभिमुखीकरण

चितवन, १३ माघ । विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित चितवनको ‘ए’ ग्रेडको विद्यालय अङ्कुरम् एकेडेमीमा ‘बालबालिकाको सिकाइ र वृद्धिका लागि सन्तुलित र सकारात्मक घर निर्माण’ सम्बन्धी अभिभावक अभिमुखीकरण गरिएको छ । ‘एजुकेसन फर द नेक्स्ट जेनेरेसन’ का कार्यकारी अधिकृत कविता अर्यालले बालबालिकाको समुचित विकासका लागि अत्यावश्यक सूत्रहरु समेटिएको फलदायी अभिभावक–केन्द्रित तालिम प्रदान गरेकी थिइन् […]

हेटौंडामा `कथा चौतारी´ कार्यक्रम शुरु

मकवानपुर, १३ माघ । मकवानपुरकाे हेटौंडामा ‘कथा चौतारी : सिर्जना, सपना र प्रेरणाको मेल’ कार्यक्रमको शुरु गरिएकाे छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेकाे मकवानपुर बाल विद्या सदन विद्यालयमा सुरु भएकाे कार्यक्रम ४ दिनसम्म सञ्चालन हुने छ । कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जनात्मकता प्रस्तुत गर्ने विशेष मञ्चकाे रुपमा कार्यक्रम सुरु […]

प्रेस सेन्टर भरतपुर महानगरको अध्यक्षमा किशोर

भरतपुर, १३ माघ । प्रेस सेन्टर भरतपुर महानगर कमिटीको अध्यक्षमा किशोरचन्द्र सापकोटा चयन भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर भरतपुर महानगर कमिटीको वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले अध्यक्ष सापकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रविचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी चयन भएका छन् । यस्तै […]

प्रेस सेन्टर चितवनको अध्यक्षमा राजेन्द्र आचार्य चयन

भरतपुर, १३ माघ । प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । आईतबार सम्पन्न प्रेस सेन्टर चितवन नेपालको वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा नवीनबाबु मरहट्टा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा, सचिवमा सुरेन कुँवर, सहसचिवमा हीरालाल गुरुङ र खुल्लातर्फ […]

भरतपुरका तामाङ समुदायले सोनाम ल्होछार मनाउने

चितवन, १३ माघ । भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने तामाङ समुदाय मञ्जुश्री सम्वत् २८६१औँ सोनाम ल्होछारको तयारीमा जुटेको छ । भरतपुर नगर तामाङ समाजले भरतपुर–११, भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा माघ १७ गते सोनाम ल्होछार आयोजना गर्न लागेको हो । सोनाम ल्होछारबारे जानकारी दिन आइतबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै भरतपुर […]

गणेशकुञ्जका विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण

माडी, १३ माघ । माडी नगरपालिका वडा नम्बर ९ मा रहेको गणेश आधारभूत विद्यालय गणेशकुञ्जका विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । भरतपुरस्थित रोट्र्याक क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजन र महालक्ष्मी ट्रायल सेन्टरको विषेश सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री प्रदान गरिएको […]

चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित

भरतपुर, १३ माघ । चितवन जिल्ला अदालत बार एशोसिएशनको २३ औँ अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित हुनुभएको हो । उहाँले ८१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सिलवालले ७८ मत प्राप्त गर्नुभयो ।