हेटौंडामा आइतबारदेखि बुद्धिचाल प्रतियोगिता हुँदै

मकवानपुर, १२ माघ ।
हेटौँडामा २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१ हुने भएको छ । शनिबार नेपाल बुद्धिचाल महासंघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ १३ गते आइतबारबाट सुरु हुने बुद्धिचाल प्रतियोगिताकाे जानकारी गराइएको हाे ।

महासंघका अध्यक्ष हीराकाजी महर्जनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको र आइतबार प्रतिस्पर्धा सुरु गरिने जानकारी दिए । ‘हामीले खेलाडी छनौट गरिसक्यौं, भोलिबाट राउण्ड रोविन चरणमा खेल खेलाईनेछ’ महासचिव लामाले भने ।

अघिल्लो वर्षका विजेताहरु र राष्ट्रिय बी छनौट प्रतियाेगिताबाट छानिएका पुरुषतर्फ १२ जना र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जनाकारी दिए । एघार चरणमा खेलाइने खेल १९ गतेसम्म सञ्चालन हुने उनले बताए । प्रतियाेगिताकाे निर्णायक, खेलाडीहरु तथा अफिसियलहरु हेटौंडा आइसकेकाे बताइएकाे छ । प्रतियोगितामा करिब २४ लाख ५० हजार खर्च हुने अनुमान आयोजकले गरेकाे छ ।

प्रतियोगितामा विजेताले श्रीलंकामा मार्च १० गतेदेखि हुने एसियन जोनल गेमका लागि सहभागिता हुने अवसरका साथै एयर टिकट समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुने खेलाडीले भने क्रमशः पन्ध्र हजार र दश हजार नगद प्राप्त गर्नेछन् ।

२४ औँ राष्ट्रिय प्रतियोगिताकाे स्वर्ण पदक झापाका राजन सुवेदीले जितेका थिए । यसैगरी ९ औँ राष्ट्रिय महिला प्रतियोगिता तर्फकाे स्वर्ण पदक काठमाडौंकी सिन्दिरा जोशीले हात पारेकी थिइन् । महासंघका अध्यक्ष हीराकाजी महर्जनकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा महासचिव लामा, प्रदेश खेलकुद परिषद् सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव किसन घिसिङलगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट