स्याङ्जामा मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

स्याङ्जा, १२ माघ । मगर भाषाको इतिहासमा स्याङ्जामा सम्भवत: पहिलोपटक आयोजना गरिएको मगर भाषा तथा अक्खा लिपि प्रशिक्षण कार्यक्रम- २०८१ सम्पन्न भएको छ । भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यबाट अभिप्रेरित भएर स्थापना गरिएको गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका स्याङ्जाको आयोजना एवम गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको व्यवस्थापकीय संयोजन तथा नेपाल मगर […]
विराट म्युजिक एण्ड फिल्म अवार्ड सम्पन्न

काठमाडौं, १२ माघ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड – २०८१ सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतका २४ वटा विधा र चलचित्रका ७ वटा विधा गरी जम्मा ३१ वटा विधामा कलाकर्मी तथा उनीहरूको सिर्जनाले अवार्ड प्राप्त गरेका छन् । काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद […]
दाङमा ‘राहदानी´ परिचर्चा सम्पन्न

दाङ, १२ माघ । नियात्राकार डा. राजु अधिकारीको नयाँ पुस्तक `राहदानी´ माथि शुक्रबार दाङमा परिचर्चा सम्पन्न गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । ‘पठन संस्कृति निर्माणमा अगुवाइ गर्ने उद्देश्यले अध्ययन मञ्च गठन भएको हो । मञ्चको सम्पूर्ण ध्यान दाङमा कला, साहित्य र पठन संस्कृति निर्माणमा […]
हेटौंडामा आइतबारदेखि बुद्धिचाल प्रतियोगिता हुँदै

मकवानपुर, १२ माघ । हेटौँडामा २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता-२०८१ हुने भएको छ । शनिबार नेपाल बुद्धिचाल महासंघले हेटौंडामा पत्रकार सम्मेलन गर्दै माघ १३ गते आइतबारबाट सुरु हुने बुद्धिचाल प्रतियोगिताकाे जानकारी गराइएको हाे । महासंघका अध्यक्ष हीराकाजी महर्जनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको […]
निल डेभिड्स चितवनको औपचारिक उद्घाटन

चितवन, १२ माघ । चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको ब्राण्ड निल डेभिड्स चितवन शाखाको शुभरम्भ भएको छ । वीरेन्द्र क्याम्पस अगाडि रहेको निल डेभिड्स सैलुन एण्ड ट्रेनिङ सेन्टरको शनिबार औपचारिक उद्घाटन गरिएको हो । सैलुनको निल आफैँले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै उनले सबैको माया र साथले सैलुन यहाँसम्म आएको बताए । […]
लेट्स टकको ८५ औँ शृङ्खलामा छन्द कवितावाचन

भरतपुर, १२ माघ । लेट्स टकको ८५ औँ शृङ्खलामा छन्द कवितावाचन कार्यक्रम गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास) चितवन शाखासँगको सहकार्यमा होटल अशोका भरतपुरमा गरिएको कार्यक्रममा प्रवीण काफ्ले, विवेक पराजुली, विदुर अधिकारी, सुनीता बटाला लोककल्याणी, सूर्यमणि रेग्मी र हरिप्रिया रिजालले छन्द कविता प्रस्तुत गर्नुभयो । कार्यक्रममा ६ जना स्रस्टाले ३/३ वटा छन्द कविता […]
नवजागरण ग्रामीण विकास केन्द्रको परिचय पुस्तिका सार्वजनिक

गैंडाकोट, १२ माघ । नवजागरण ग्रामीण विकास केन्द्र गैंडाकोट नगरपालिका- ९ थुम्सी, नवलपरासीले संस्थाको परिचय पुस्तिका {ब्रोसर} सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र सापकोटा र गैंडाकोट-९ का वडाध्यक्ष धामनाथ सापकोटाले शनिबार बिहान संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममाझ ब्रोसर सार्वजनिक गर्नुभएको हो । २०६९ सालमा स्थापना भएको संस्थाले विशेषगरी सहकारी, खेलकुद, शिक्षा, स्वास्थ्य र पर्यावरणका […]
स्वर्ण महोत्सव मनाउँदै शरदपुर मावि

चितवन, १२ माघ । भरतपुर महानगरपालिका-८, गौरीगञ्जमा रहेको शरदपुर माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवबारे जानकारी गराएको हो । स्वर्ण महोत्सव मूल कार्यक्रम फागुन १ गते हुनेछ । त्यसअघि माघ २७ गते शोभायात्रा, सांस्कृतिक कार्यक्रम र स्वर्ण महोत्सव उदघाटन समारोह हुनेछ । माघ […]