बालकुमारी कन्या माविका विद्यार्थीले सुनाए पठन अनुभव

भरतपुर, ११ माघ ।
विद्यार्थीहरूमा पठन संस्कार बसाल्ने अभियान `म पनि पढ्छु´को छैटौँ शृङ्खला श्री बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा गरिएको छ । अङ्कुरम् एकेडेमी भरतपुर र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा सम्पूर्ण किताब नारायणगढले शुक्रबार आयोजना गरेको कार्यक्रममा २६ जना विद्यार्थीले पठन अनुभव र अनुभूति प्रस्तुत गरे ।

कार्यक्रमको शुरुआतमा बालकुमारी कन्या माविमा कक्षा ११ मा अध्ययनरत छात्र सरुक परियारले पदम विश्वकर्माको उपन्यास `क्वारेन्टाइन´ बारे पाठकीय टिप्पणी राखे । यो उपन्यासमा कोभिड कालखण्डमा अमेरिकामा बसेका नेपालीको दैनिकी र भोगाइ समेटिएको परियारले बताए । जातीय भेदभाव र छुवाछूतको प्रसङ्गलाई उपन्यासमा समेटिएको उनले बताए । त्यसैगरी नेहा कुमारी शाहले हरि खनालको लघुकथासङ्ग्रह `परावर्तन´, निभा कुमारीले डाक्टर मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह `शिक्षा कस्तो हुनुपर्छ ?´, विमला नेपालीले विश्वनाथ खनालको कवितासङ्ग्रह `फूलहरू´, नन्दिता थापाले `लिडरका २१ गुण´, मनकुमारी प्रजाले `जीवन बदल्ने बैज्ञानिक नियम´, सुप्रिया शाहले `हिरोसिमामा वम वर्षा´, पुष्पा चौधरीले लक्ष्मण भट्टराईको `लकडाउन डायरी´ उपन्यास, रजनी देउजाले `हाकिमको देशमा´ कथासङ्ग्रह र साधना राउतले वसन्त पराजुलीको कथासङ्ग्रह `कुमाता´को पाठकीय टिप्पणी प्रस्तुत गरिन् ।

त्यसैगरी प्रिती चौधरीले आस्था भट्टराईको `फूलबारीको जुके गणतन्त्र´, अनुस्का मगरले पारिजातको `अन्तर्मुखी´, प्रीन्स अधिकारीले `हिँड्ने रुख´, आशिका भट्टले `गीता महिमा´, मोनिका गुरुङले `माया ठकुरीका कथाहरू´, सुधा राउतले मणि अर्यालको `फिर्ती´ उपन्यास, आकृति थापाले इन्दिरा पौडेल मरहट्ठाको `पर्खाल´ उपन्यास, प्रवीन पौडेलले `पढ्नुहोस् धनी बन्नुहोस्´, आर्यन बानियाँले गिजुभाइको `घुमफिर´, खुसी गुप्ताले धर्म सापकोटा राजुको `बहिर्गमन´ कथासङ्ग्रह, विजेता गुप्ताले शशिराम कार्कीको `रुकुमका लोककथा´, विनिशा सुनारले राधा पौडेलले अनुवाद गरेको `मारियम मान्छे भइ´, रुपा मल्लिकले गिजुभाइको `आमाबाबुलाई प्रश्न´, प्रवीन विकले गिजुभाइको `कथा कहानी शास्त्र´, दिव्या खत्रीले आचार्य लक्ष्मण भण्डारीको `अनमोल दृष्टान्त´ र समीर सुनारले ध्रुवचन्द्र गौतमको `सातो´ उपन्यासको पठन अनुभव प्रस्तुत गरे । विद्यालयको कक्षाकोठामा कार्यक्रम गरिएको थियो । आफूले पढेका पुस्तकको टिप्पणी गर्दै विद्यार्थीले किताबमा समेटिएको कथा, त्यसका पात्र, किताबले दिन खोजेको सन्देश बारेमा बोलेका थिए ।

कार्यक्रमलाई कक्षा १२ का छात्र समीर सुनारले सहजीकरण गरेका थिए । विद्यालयका सह – प्रधानाध्यापक अर्जुन भट्ट, निमावि तह प्रमुख खगराज ओझा र सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले पढाइको महत्त्व बारेमा मन्तव्य राखेका थिए । सम्पूर्ण किताब नारायणगढले विद्यार्थीहरुमा अतिरिक्त पुस्तक पनि पढ्ने संस्कार बसाउन विद्यालय तहदेखि नै वातावरण बनाउने गरी `म पनि पढ्छु´ अभियान सञ्चालन गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट