नारायणदेव-पार्वती पङ्गेनी शैक्षिक सम्मान प्रदान

गैंडाकोट, ११ माघ । नेपाल निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति नवलपुरले गुणस्तरीय शिक्षामा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया तथा नारायणदेव-पार्वती पङ्गेनी शैक्षिक सम्मान कार्यक्रम गैंडाकोटमा सम्पन्न गरेको छ । जनक नमुना माविको सभाहलमा भएको कार्यक्रम समाजका जिल्ला अध्यक्ष भागवतप्रसाद गौतमको सभापतित्व एवं नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिका सल्लाहकार शिक्षा विज्ञ विभाग प्रमुख रमाकान्त सापकोटाको प्रमुख […]

बागमतीको हिउँदे अधिवेशन १८ माघमा आह्वान

मकवानपुर, ११ माघ । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन १८ माघमा आह्वान गरिने भएकाे छ । शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले १८ माघ २०८१ बिहान ११ बजेका लागि प्रदेश सभाको १५ औँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को सिफारिस अनुसार बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाकाे अधिवेशन […]

बालकुमारी कन्या माविका विद्यार्थीले सुनाए पठन अनुभव

भरतपुर, ११ माघ । विद्यार्थीहरूमा पठन संस्कार बसाल्ने अभियान `म पनि पढ्छु´को छैटौँ शृङ्खला श्री बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा गरिएको छ । अङ्कुरम् एकेडेमी भरतपुर र एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनसँगको सहकार्यमा सम्पूर्ण किताब नारायणगढले शुक्रबार आयोजना गरेको कार्यक्रममा २६ जना विद्यार्थीले पठन अनुभव र अनुभूति प्रस्तुत गरे । कार्यक्रमको शुरुआतमा बालकुमारी कन्या […]