स्पन्दन नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

चितवन, ९ माघ ।
परोपकारमुल काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत विद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएको हो । उहाँले विकटमा रहेका बाबुनानीलाई अध्ययन गर्नको लागि केही सहयोग पुगोस् भन्ने हेतुले सबै विद्यार्थीलाई पुग्नेगरी ६० जोर कपडा, १२० वटा कापी, सिसाकलम, इलेजर, कटर र केही विद्यार्थीहरुका लागि बाल कथाका किताबहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो । अध्यक्ष खनालले सो स्थानसम्म पुग्नको लागि निकै कठिन भएका कारण वडा कार्यालय र विद्यालयकोे समन्वयमा हस्तान्तरण गरी विद्यार्थी माझ सामग्रीहरु वितरण गरिएको बताउनुभयो ।

कालिका –१० का अध्यक्ष प्रजाले पालिकाको विकट क्षेत्रका बालबालिकाको लागि सहयोग प्राप्त हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गर्दै आएको स्पन्दनलाई मनैदेखि धन्यवाद दिन चाहान्छु ।” उहाँले भन्नुभयो, “स्पन्दन नेपाल दिनदुखीको साथी हो ।”
विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र कपडा आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको सहयोगले जाडो र शैक्षिक सामग्री नभएकै कारण विद्यालय नआउने बालबालिकालाई विद्यालय आउन प्रेरित मिलेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कविन्द्र चेपाङ, स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सचिव विमला दाहाल, कोषाध्यक्ष सीता भुषाल, सदस्य सकुन्तला धरेललगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट