भरतपुर, ९ माघ ।
गायक हेमन्त शर्माको “नम्बरी सुन हो नि म त” बोलको गीत सार्वजनिक भएको छ ।
गीतको भिडियो बुधबार गायक शर्माले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
दोहोरीको शैलीमा तयार पारिएको गीतमा महिलाको स्वर शान्तिश्री परियारले दिएकी छिन् ।
गीतमा शब्द र संगीत गायक शर्माको रहेको छ ।
गीति भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा डोना थापा मगर, जुना विश्वकर्मा, एरोन थापा मगर र ओडा स्टिनको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:





