कृष्णलाई गैंडाकोट नगरपालिकाले दियो इलेक्ट्रिक व्हीलचेयर

गैंडाकोट, ९ माघ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ६ का फरक क्षमता भएका र अपाङ्ग भइकन आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाले इलेक्ट्रिक व्हीलचेयर प्रदान गरेको छ ।

अपाङ्ग संघ गैंडाकोट नगरका अध्यक्ष समेत रहेका कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाका तर्फबाट रु एकलाख साठी हजार बराबरको इलेक्ट्रिक व्हीलचेयर बुधबार एक कार्यक्रमका बीच मेयर मदनभक्त अधिकारीले प्रदान गरेका हुन् । अपाङ्ग भइकन स्वावलम्बी कृष्ण सुवेदीले उक्त व्हीलचेयरमा विभिन्न घरायसी सामान समेत बेचबिखन गर्न मिल्नेगरी डिजाइन गरिएको छ ।

व्हीलचेयर सुवेदीलाई प्रदान गर्दै नगरप्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापन र स्वावलम्बी बन्नमा सहज हुने बताउँदै उनले आफ्नो नगरमा अपाङ्गमैत्री भवन निर्माण गरिएको भए पनि त्यसमा थप संरचना थप्ने तयारी भइरहेको बताए । उक्त इलेक्ट्रिक ह्विलचेएर नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरको इन्फिनिटी ल्याबमार्फत इन्जिनियर सुनिल परियारलगायतको टिमले तयार पारेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट