काठमाडौं, ८ माघ ।
अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।
उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।
सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ। यही माघ २ गते तामाङलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो।
उनीविरुद्ध पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ ।





