‘दर्ज्यु संलाप’ मा जीवनबोध

‘दर्ज्यु संलाप’ कुमारी लामाद्वारा संरचित निबन्धसंग्रह हो । धादिङको धुनिवेसी नगरपालिका अन्तर्गत पर्ने खोकेकामीटारमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी कुमारी लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या क्याम्पसमा अंग्र्रेजी विषय प्राध्यापन गर्छिन् । यसका अलावा उनी विभिन्न साहित्यिक संघसंस्थाहरूमा सम्बन्धित रहेर गहन भूमिका निर्वाह गर्ने व्यक्तित्व पनि हुन् । समालोचना र निबन्ध विधामा कलम चलाउने उनका तीनओटा […]

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण

रुपन्देही, ८ माघ । नेपाल डेरी एसोसिएसनको २६ औँ वार्षिक साधारणसभा एवं स्थापना दिवस विशेष कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण […]

कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछानेसहित ७ जनालाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशका सम्बन्धमा उच्च अदालत पोखराले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले कास्की जिल्ला अदालतको नाममा उक्त आदेश जारी गरेको हो । कास्की जिल्ला अदालतको आदेशविरुद्ध […]

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं, ८ माघ । अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो […]