राक्सिराङबाट २१२ केजी गाँजा र पिकअप गाडी नियन्त्रण

मकवानपुर, ६ माघ ।
मकवानपुर प्रहरीले जिल्लाकाे राक्सिराङ गाउँपालिकाबाट २१२ केजी गाँजा र पिकअप गाडी नियन्त्रणमा लिएको छ । राक्सिराङ ५ चैनपुरमा प्रहरीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो ।

कैलाश गाउँपालिका तर्फबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो पिक गाडीका चालकले प्रहरीलाई देख्नासाथ गाडीमा सवार १ जना व्यक्ती र गाडी सडकमा छोडी भागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उक्त गाडीबाट २१२ केजी गाँजा बरामद गरिएकाे हाे ।

उक्त गाडीको पछाडी ढालाको भागमा लुकाइ ल्याइएको अवस्थामा गाँजा २१२ किलो फेला परेको हुँदा उक्त गाँजा र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट