भूकम्प सुरक्षा दिवसका अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाद्वारा सन्देश व्यक्त

मकवानपुर, २ माघ ।
२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ को सन्दर्भमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सन्देश व्यक्त गर्नु भएको छ ।

भूकम्पीय सचेतना वृद्धिको लागि उहाँले शुभकामना व्यक्त गर्नु भएको छ । वि.स. १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पको सम्झना गर्दै सचेतना प्रवाह गर्ने अभिप्रायले भुकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा देवकोटाले सचता अभिवृद्धीका लागि सन्देश वक्तव्य प्रकाशन गर्नु भएको हो ।
भूकम्पीय सुरक्षा तथा सचेतना बढाउन हरेक वर्ष माघ २ लाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन विभिन्‍न चेतना र सावधानीमूलक कार्यक्रमसहित मनाइन्छ । यो वर्षको भूकम्प सुरक्षा दिवस `भुकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पुर्वतयारीका साथ´ नाराका साथ मनाइदै छ ।
भूकम्प प्राकृतिक प्रकोप हो, यसलाई रोक्न सकिन्न तर सुरक्षित संरचना, सावधानी, पूर्वतयारीका उपायहरु अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

‘भूकम्पलाई क्षतिको कारण मान्‍नुभन्दा हामी बलिया, सुरक्षित संरचना,  पूर्वसावधानी र भूकम्प गइहालेमा गर्नुपर्ने प्रतिकार्यमा उचित ध्यान दिएर सुरक्षात्मक स्थितिमा रहनुपर्दछ‘ सन्देशमा भनिएको छ । नेपाल भुकम्पीय जोखिम क्षेत्रमा रहेको कारणले पनि हामी धेरै सचेत हुनु जरुरी छ ।
वि.सं.२०७२ को बिनाशकारी भूकम्पपछि धेरै पराकम्प र अरु थुप्रै भूकम्पहरुले तर्साइरहेको सन्दर्भमा यसबाट आत्तिनुभन्दा सुरक्षात्मक उपायहरू अपनाउन पर्ने उहाँले सन्देशमा बताउनु भएको छ । राज्यका सम्पूर्ण निकाय समेत पूर्वतयारीका साथ रहनुपर्ने उहाँले सझाव दिनु भएको छ ।

प्रदेश प्रमुख देवकोटाले इतिहासको विभिन्‍न कालखण्डमा गएका भूकम्पमा परी ज्यान गुमाउने ज्ञात अज्ञात व्यक्तिहरु प्रति श्रद्धाञ्‍जली समेत अर्पण गर्नु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट