मकवानपुर, १ माघ ।
मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ ।
बकैया गाउँपालिकामा छोरी नाता पर्ने नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । मकवानपुर जिल्ला अदालतलका न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया -५ बस्ने २८ वर्षीय युवकलाई १० वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतले युवकलाई सात लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश पनि गरेको छ । छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबीको प्रतिवेदन बुझाएको थियो ।
अदालतले दोषी ठहर गरिएको युवकको पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् ।





