भृकुटीमण्डपमा चैत १ देखि ४ गतेसम्म फ्लोरा एक्स्पो हुने

काठमाडौं, १ माघ । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले २६ औँ फ्लोरा एक्स्पो – २०८१ को आयोजना गर्ने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुने छ […]

गैंडाकोटमा ५ शैय्याको आधारभूत अस्पताल सञ्चालन

गैंडाकोट, १ माघ । गैंडाकोट नगरपालिकाको साविक वडा नम्बर १ देखि ९ वडाका जनतालाई घर पायकबाटै न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गैंडाकोट- ५ मा ५ शैय्याको आधारभूत अस्पताल मङ्गलबारबाट सञ्चालनमा ल्याइएको छ । गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीद्वारा उद्घाटन भएसँगै उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो । वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकी स्तरोन्नतिसहित […]

खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

चितवन, १ माघ । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीले कार्यभार सम्हालेका छन् । नवनियुक्त अध्यक्ष कार्कीले सोमबार कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । प्रदेश खेलकुद विकास परिषदले कार्कीलाई पुष २६ गते ११ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यभार सम्हाले लगत्तै उनले १०औं राष्ट्रिय खेलकुद महोत्सव २०८१ […]

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद फैसला

मकवानपुर, १ माघ । मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ । बकैया गाउँपालिकामा छोरी नाता पर्ने नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । मकवानपुर जिल्ला अदालतलका न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया -५ बस्ने २८ वर्षीय युवकलाई १० वर्षीया छोरीलाई पटक/पटक बलात्कार गरेको ठहर […]

देवघाटधाममा मकर स्नान मेला

भरतपुर, १ माघ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा मकर स्नान मेला लागेको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै […]

बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त

मकवानपुर, १ माघ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार परेको माघे सङ्क्रान्ति (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ । माघे सङ्क्रान्ति/माघी पर्वलाई खासगरी […]