बागमती प्रदेश प्रमुख देवकोटाद्वारा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त

मकवानपुर, १ माघ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार परेको माघे सङ्क्रान्ति (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
माघे सङ्क्रान्ति/माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाचगान,  आफन्त भेटघाट गरि मनाउने गर्दछन् ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरि घ्यू, चाकु, तीलको लड्‍ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।

बिशिष्‍ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । ‘यी पर्वहरूले सामाजिक र राष्‍ट्रिय  एकता, मेलमिलाप, सद्‍भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्‍ट पहिचानहरुलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ‘ उहाँले सन्देशमा भन्नु भएको छ ।

आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भन्नु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट