मकवानपुर, २८ पुस ।
मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आईतबार अपरान्ह पौने चार बजेको समयमा मनहरी गाँउपालिका वडा नम्बर-६ नयाँबस्तीस्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडा निवासी खडकबहादुर थिङको छोरी वर्ष २ की पूजा थिङलाई ठक्कर दिँदा थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
बसको ठक्करबाट गम्भिर घाईते भएकी थिङलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएको र उनको उपचारको क्रममा साँझ सवा ५ बजेको समयमा मृत्यु भएको अर्यालले बताए । ठक्कर दिने बस र बस चालक मनहरी गाउँपालिका वडा नम्बर ७ बिजौना बस्ने चन्द्रबहादुर तामाङलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको अर्यालले बताए ।





