प्रहरी हिरासतमा रहेकाहरूका लागि पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनद्वारा पुस्तक हस्तान्तरण

भरतपुर, २८ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले १९ औँ स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाएको छ । यसैक्रममा चितवन शाखाले महासंघको १९ औँ स्थापना दिवसका अवसरमा भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयलाई करिव २०० थान किताब उपलब्ध गराएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्के, चितवन शाखाका पूर्व अध्यक्ष पंकज अग्रवाल, सल्लाहकार महेन्द्र […]
कविडाँडा राष्ट्रिय गजल उत्सवमा १२ बुँदे निष्कर्षपत्र सार्वजनिक

चितवन, २८ पुस । कविडाँडा साहित्य समाज चितवनले आयोजना गरेको राष्ट्रिय गजल उत्सवपछि शनिबार साँझ १२ बुँदे निष्कर्षपत्र पनि सार्वजनिक गरेको छ । समाजले दिनभर गजल विज्ञहरू र अन्य गजलकारहरूलाई सहभागी बनाएर गजलमाथि बहस, विमर्श तथा गजल वाचन कार्यक्रम आयोजना गरेको थियो । आदिगजलकार मोतिराम भट्टबाट सुरु भइ पुनर्जागरण हुँदै हालसम्म विकसित नेपाली गजल लेखन […]
मनहरीमा बसको ठक्करले बालिकाको मृत्यु
मकवानपुर, २८ पुस । मकवानपुरको मनहरीमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आईतबार अपरान्ह पौने चार बजेको समयमा मनहरी गाँउपालिका वडा नम्बर-६ नयाँबस्तीस्थित भित्री सडकखण्डमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडा निवासी खडकबहादुर थिङको छोरी वर्ष २ की पूजा थिङलाई […]
चितवनको शैक्षिक नेतृत्व लिँदै आरम्भ कलेज

शिक्षा नगरीको रुपमा विकास हुँदै गरेको चितवनमा आरम्भ कलेजको उपस्थिति उत्साहजनक पाइएको छ ।देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजलेआफ्नो सेवा आरम्भ गरेको थियो । कलेज संचालनको दोस्रो वर्षमै आरम्भ कलेजले चितवनको शैक्षिक नेतृत्व लिने संकेत देखाएको छ । आरम्भ कलेजको स्थापना चितवनका पाँच र काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ […]
लोकगायक सोमबहादुर घलान हेटौंडामा सम्मानित

मकवानपुर, २८ पुस । मकवानपुरे लोकगायक सोमबहादुर घलान हेटौंडामा सम्मानित भएका छन् । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले घलानलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई स्टकोट…’ गीतका गायक पछिल्लो समय बिमारी छन् । उनलाई बिमारी अवस्थामै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा प्रतिष्ठान अध्यक्ष आरसी […]
सुमनजी, हतारमा टुङ्ग्याए कथा र फुर्सदमा टुङ्ग्याए उपन्यास हुने हो ?

दिनाङ्क : २७ पुस, २०८१ स्थान : भरतपुर, चितवन आदरणीय आख्यानकार सुमनजी, हार्दिक अभिवादन । खासमा मचाहिँ पढ्न मन गर्ने मान्छे । मन परेको कुरा पढ्छु म । लेखक चिनिनु र नचिनिनुले खासै फरक पार्दैन मलाई । हिजोदेखि त एकअर्कामा हामी भौतिक रुपमा पनि चिनिने भएका छौँ । हो, मैले हिजो मात्र यहाँसँग चिनचान गर्ने […]