चितवनको शैक्षिक नेतृत्व लिँदै आरम्भ कलेज

शिक्षा नगरीको रुपमा विकास हुँदै गरेको चितवनमा आरम्भ कलेजको उपस्थिति उत्साहजनक पाइएको देशको मध्यभागमा रहेको चितवनको केन्द्रभाग भरतपुरमा २०८० साल भदौ महिनाबाट आरम्भ कलेजलेआफ्नो सेवा आरम्भ गरेको थियो कलेज संचालनको दोस्रो वर्षमै आरम्भ कलेजले चितवनको शैक्षिक नेतृत्व लिने संकेत देखाएको छ ।

आरम्भ कलेजको स्थापना चितवनका पाँच काठमाडौँका पाँच जना शिक्षाप्रेमीले २०७९ सालमा गरेका हुन् कलेजको व्यवस्थापन संचालनमा संलग्न व्यक्तिहरु दुई दशकभन्दा बढी शैक्षिक क्षेत्रमा कामगरिसकेका अनुभवी छन् शिक्षकहरु पनि अनुभवी ऊर्जावान छन्

आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालयबाट बिएचएमतर्फ ६६ बिआइएमतर्फ ६६ गरी कुल १३२ जनाविद्यार्थी पढाउन अनुमति पाएको

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

भरतपुर महानगरपालिका वडा नम्बर ११, नहरचोक नजिकै रहेको आरम्भ कलेजले वर्ष २०८१ ब्याचका विद्यार्थीहरूलाई स्वागत र अभिमुखीकरण कार्यक्रम सौराहामा सम्पन्न गरेको छ । रोयल टाइगर लक्जरी रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा बिएचएम र बिआइएमतर्फ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कलेजका प्राचार्य सुरज शिवाकोटीले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकायतर्फ स्नातक तहका दुईकार्यक्रम संचालन गरेको छ । कलेजका प्राचार्य शिवाकोटीले शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गर्नपञ्चवर्षीय योजना तयार पारिएको बता

आरम्भ कलेजले व्यवस्थापन संकाय अन्तर्गत ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) को पढाई संचालन गरेको चारवर्षे स्नातक तहकोपाठ्यक्रममा आधारित यी विषयमा वर्षका दुई सेमेस्टरका दरले कुल आठ सेमेस्टर पढाई हुने प्राचार्यशिवाकोटीले जानकारी दिए माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठजिपिए) ल्याएका विद्यार्थीले १२ कक्षा सकेपछि सिम्याट परीक्षा उत्तीर्ण गरेर सहजै भर्ना हुन पाउने उनलेबताए

पहिलो वर्ष नै बिआइएमतर्फ ६५ जना बिएचएमतर्फ ५८ जना भर्ना भएको प्राचार्य शिवाकोटीले जानकारीदिए उनले भने, ‘स्नातक तहमा ड्रपआउटको समस्या हामीकहाँ पनि भर्ना भएकामध्ये बिआइएमतर्फ जना बिएचएमतर्फ १० जनाले पढाइ छाडेर विदेश गएका छन्

व्यवस्थापन संकाय अन्तर्गतका बिआइएम बिएचएम शैक्षिक कार्यक्रमले प्रविधि होटल व्यवस्थापनमाविद्यार्थीहरुलाई पूर्णरुपमा योग्य, सक्षम सफल तुल्याउने प्राचार्य शिवाकोटी बताउँछन् उनले भने, ‘व्यावहारिक, सैद्धान्तिक समयसापेक्ष अन्तर्राष्ट्रिय स्तरको सीप प्रक्षेपण गराई यस क्षेत्रका उद्योगहरुकालागि एक प्रमुख विकल्प बनाउने हुँदा यस संस्थाको समाजमा अलग पहिचान हुने यसले चितवनकोशैक्षिक नेतृत्व लिने कुरामा समेत हामी विश्वस्त छौँ

सुविधासम्पन्न भवन

दस हजार वर्गफुटमा फैलिएको पाँचतले आरम्भ कलेजका सबै कक्षाकोठा पूर्ण वातानुकुलित छन् दसहजार वर्गफुटकै अर्को भवन कलेजमा सेमिनार हल, ल्याब पुस्तकालय छन् फुटसल, बास्केटबल स्वीमिङ पुल निर्माणको योजना रहेको प्राचार्य शिवाकोटीले जानकारी दिए इन्टर्नसीपका लागि स्थानीय अन्तर्राष्ट्रिय तहमा सहकार्य भइरहेको उनले बताए उनले भने, ‘पढ्दै कमाउँदै भन्ने कलेजको लक्ष्य अहिलेको समय सूचना प्रविधिसहितको व्यवस्थापनको हो त्यसैले विद्यार्थीहरुसामु आरम्भ कलेज एउटाअवसरका रुपमा आएको

आरम्भ कलेज संचालक समितिका अध्यक्ष सुरेन्द्र सुवेदी काठमाडौँ मोडल कलेजका प्राचार्यसमेत हुन् आरम्भ कलेजले विद्यार्थीहरुलाई मनोवृत्ति, सीप ज्ञानको सम्मिश्रणबाट शिक्षा दिने उनको दाबी चितवनमा उच्चशिक्षा लिन चाहनेलाई काठमाडौँ वा विदेश जान नपरोस् भन्ने उद्देश्यले भरतपुरमा कलेजसंचालनमा ल्याइएको अध्यक्ष सुवेदीले बताए कलेजले शैक्षिक, नैतिक पक्षसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरुको बौद्धिक शारीरिक विकासका लागि खेलकुद, साहित्य सिर्जनात्मक कार्यक्रमहरुअगाडि सारेको उनले जानकारी दिए

स्थानीय निकायसँगको सहकार्यमा जोड

आरम्भ कलेजले वडा, गाउँपालिका वा नगरपालिका वा महानगरपालिकासँगको सहकार्यमा जोड दिँदैछात्रवृत्तिको व्यवस्था गरेको त्रिविले तोकेको साथै स्थानीय निकायलाई समेत सहभागी गराईछात्रवृत्तिलाई पूर्णरुपमा लागू गरिएको कलेजले जनाएको स्वदेशमा नै प्रभावकारी शिक्षासँगैस्वरोजगारमा जोड दिन कलेज प्रतिबद्ध रहेको प्राचार्य शिवाकोटी बताउँछन् कलेजले अभिभावकहरुसमक्षपुगी सन्तानलाई विदेश पढ्न पठाउँदा हुने मानसिक तनावविरुद्ध परामर्श दिँदै आएको उनले बताए कलेजले बिएचएम बिआइएममा अध्ययनरत विद्यार्थीका लागि विशिष्टीकृत ल्याबको व्यवस्था गरेको एवंविद्यार्थीहरुलाई विषयगत तालिम तथा प्रशिक्षण दिँदै आएको कलेजले जनाएको

चितवन जिल्ला स्वास्थ्य तथा पर्यटनको हब बन्दै गइरहेको सन्दर्भमा अबका दिनमा यसलाई शैक्षिक हबकारुपमा विकास गरिनु पर्ने सोचका साथ आरम्भ कलेजले सरोकारवाला रोजगारदाता संघसंस्थाहरुसँगसाझेदारी कायम गर्दै आएको हालसम्म आरम्भ कलेजले आइडिया स्टुडियो, लिड एक्स नेपाल, फोर्थभ्याली कन्साइज जापान रोबोटिक एसोसिएसन अफ नेपालसँग साझेदारी गरिएको प्राचार्य शिवाकोटीलेजानकारी दिए आरम्भ कलेजले चितवनलाई आइटी हब पर्यटकीय हब बनाउने कुरामा सहयोगपुर्याइरहेको उनले भने

आरम्भ कलेजको फरक शिक्षा प्रणाली

वातानुकुलित कक्षामा रहेका विद्यार्थीलाई डिजिटल बोर्डमा पाठ्यसामग्री प्रस्तुत गरेर पढाउँदै आएको आरम्भकलेजले टाढाबाट आउने विद्यार्थीलाई मध्यनजर गर्दै बसको व्यवस्था मिलाएको बिहानको समयमापढाई संचालन गरिने भएकोले दिउँसो काम गर्न चाहने विद्यार्थीहरुलाई आयआर्जनको लागि विषयगतसंघसंस्थाहरुमा जोड्ने प्रयत्नस्वरुपपढ्दै कमाउँदैभन्ने नारा नै तय गरिएको कलेजले जनाएको

कलेजमा गत वर्षदेखि नै आरम्भ इन्नोभेसन हब संचालनमा आएको , जहाँ विद्यार्थीहरुले १३ वटा समूहगठन गरी पढाइलाई बल पुग्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् पहिलो वर्ष यस्ता वटा कार्यक्रम भएकाछन् आरम्भ आइडिया स्टेसन अन्तर्गत सेफ सन्तोष साहलाई आरम्भ कलेजको ब्राण्ड एम्बेस्डर घोषणा गरीएकदिने कार्यक्रम गरिएको थियो

यसैगरी, आरम्भ इन्टरप्रेनर्स फोरम अन्तर्गत चितवन उद्योग संघसँगको सहकार्यमाक्रिएटिङ स्टार्टअपकल्चरविषयक एकदिने कार्यक्रम सम्पन्न भइसकेको यस कार्यक्रममा बिएचएम बिआइएममाअध्ययनरत विद्यार्थीहरु सहभागी थिए, जसलाई उद्योग शैक्षिक संघसंस्थासँग जोड्ने काम गरिएको प्राचार्यशिवाकोटी बताउँछन्

आरम्भ आइटी लर्निङ सेन्टर अन्तर्गत रोबोटिक एसोसिएसन अफ नेपालसँगको सहकार्यमा उद्यमशीलतासम्बन्धी पाँचदिने तालिम सम्पन्न भइसकेको कलेजले जनाएको यसैगरी, आरम्भ राइजिङ लिडर्सअन्तर्गत चितवन जिल्लाभित्र तथा जिल्ला बाहिरका १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई होटलतथा आइटी सम्बन्धी पन्ध्रदिने तालिम दिइएको थियो

आरम्भ रिसर्च एण्ड इन्क्युबेसन सेल अन्तर्गत आइडिया स्टुडियो, लिड एक्स नेपाल फोर्थ भ्यालीकन्साइजको संयोजकत्वमा दुईदिने अन्तरक्रिया सम्पन्न गरिएको प्राचार्य शिवाकोटीले जानकारी दिए विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा पनि सहभागी गराउन आरम्भ एथलेट्स अन्तर्गत तीन दिवसीयखेल उत्सव सम्पन्न गरिएको उनले बताए आरम्भ कलेजले सधैँ शैक्षिक औद्योगिक सहकार्यमा जोड दिनेगरेको उनको भनाइ

उत्कृष्ट नतिजा, सन्तुष्ट अभिभावक

आरम्भ कलेजको परिचयलाई कलेजमा अध्ययनरत विद्यार्थीको उत्कृष्ट नतिजाले अझ फराकिलो बनाएको छ । आरम्भको यो स्तरको शैक्षिक प्राप्तिले अभिभावक पनि सन्तुष्ट छन् ।

आरम्भ कलेज सुरू भएकै वर्ष बिएचएम पहिलो सेमेस्टरको परीक्षामा कलेजकी छात्रा ङवाङ बम्जन तामाङले जिपिए ३.९२ ल्याएर जिल्ला टप गरिन् । देशैभरिमा उनले पाँचौँ स्थान हासिल गरिन् । यो प्राप्तिले आरम्भलाई उचाइमा पुर्‍याउने काम गरेको प्रिन्सिपल शिवाकोटी बताउँछन् ।

बिएचएम पहिलो सेमेस्टरमा आरम्भकी नेबिका मैनालीले जिपिए ३.९१ ल्याएर जिल्लामा दोस्रो स्थान हासिल गरिन् । उनकै ब्याचका ओजस्वी आचार्यले जिपिए ३.८१, अंगीता अधिकारीले जिपिए ३.७८, सन्ध्या गोलेले जिपिए ३.७५ र अर्सिया बानुले जिपिए ३.६९ ल्याएका छन् । यो नतिजाबाट अभिभावकहरू खुसी भएका छन् ।

डेढ दर्जन संघसंस्थासँग सहकार्य

आरम्भ कलेजले स्थानीय तह र अन्य डेढ दर्जनभन्दा बढी निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गर्दै आएको छ । ती संघसंस्थामा शिक्षा, सञ्चार, उद्योग र हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित छन् । आरम्भ कलेजले सहकार्य गरेका संघसंस्था यस प्रकार छन् :

  • आइडिया स्टुडियो
  • फोर्थ भ्याली कन्सरेज
  • लिड एक्स नेपाल
  • होटल सिराइचुली
  • रिजेन्टा रिसोर्ट
  • रोयल टाइगर लक्जरी रिसोर्ट
  • चितवन उद्योग संघ
  • कम्प्युटर एसोसिएसन अफ नेपाल
  • उद्योग वाणिज्य संघ चितवन
  • रोबोटिक एसोसिएसन अफ नेपाल
  • सानी सेक्युरिटी
  • कालिका एफएम
  • एजुकेसन पाना, चितवन
  • चितवन पर्यटन बोर्ड
  • चितवन होटल संघ
  • क्षेत्रीय होटल संघ नेपाल
  • ई-जोन एजुकेसन
  • बेटर चितवन
  • स्किल ल्याब
  • एनएमबी बैंक
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट