कविता कोर्दै गर्दा …… (कविता)

मनका कविता कोर्दै गर्दा
अक्षरमा देश देख्छु
सुगौली सन्धि कालापानीका
हस्ताक्षरमा देश देख्छु
जिन्दाबाद र मुर्दाबादका नारा देख्छु
गरिबी देख्छु सुकेका सुनका धारा देख्छु

मनका कविता कोर्दै गर्दा
सिंहदरबार देख्छु बालुवाटार देख्छु
धारा उपधारामा समेत
बिभेद र अत्याचार देख्छु
आँखा नै पापी रहेछन् कि कुन्नि
हुँदै नभएका सरकार देख्छु !!

खै मनका हुन् कि नयनका हुन् कविता
कविता कोर्दै गर्दा
लिपुलेक जहाँ कहिल्यै पुगेकै छैन
कर्णाली त्यहाँ कहिल्यै टेकेकै छैन
र पनि म मेरा कवितामा देख्छु ।

लादिएका संघियता देख्छु
कथित लोकतन्त्रका हिमायतीहरुको
दरबार देख्छु
श्रीपेच देख्छु
पन्चायती भुतहरुको नाङो नाच देख्छु !!

जनताका मतहरुको अपमान देख्छु
सेक्युलरका नामका महारानी देख्छु
गणतन्त्रका स्वघोसित महाराजा देख्छु
स्वतन्त्र छन् बन्द
कोठामा कोरिएका कविताहरु
त्यसैले त
सब थोक देख्छु
म मेरा कविताहरुमा !!!

कविता कोर्दैगर्दा
नैतिक अभाव देख्छु
उत्तर दक्षिणी प्रभाब देख्छु
फेरी उही सिंहदरबारका कुर्ची देख्छु
महाराज महारानीहरुको फुर्ती देख्छु
चुनाव अघिका लम्पटेहरुको
मुखपत्र देख्छु
भाषण देख्छु
मीठा सपना देख्छु
आज तिनैका अनुहार देख्छु  ।।

कविताहरुमा
धिक्कार लेख्छु
मुर्दाबाद लेख्छु
आज फेरी कविता कोर्दै गर्दा ….
देश देख्छु देश परिवेश देख्छु
भोलिका भग्नावेश देख्छु !!!

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट