मकवानपुरको राक्सिराङमा हाटबजार

मकवानपुर, १७ पुस ।
राक्सिराङ गाउँपालिकामा हाटबजार शुुभारम्भ गरिएको छ । राक्सिराङ्–५, चैनपुरस्थित हाटबजार स्थलमा गाउँपालिकाले हरेक महिनाको १ र १५ गते महिनामा २ दिन सञ्चालन गर्ने हाट बजारकाे सोमबार शुभारम्भ गरिएकाे हाे ।

उद्घाटन कार्यक्रममा चेपाङ जातिको पहिचान झल्काउने नाच, गान तथा नाटकहरु समेत प्रस्तुत गरिएको थियो । हाट बजारमा मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूलहरु गिट्ठा, भ्याकुर, तरुल, बाँसबाट बनेका सामग्रीहरु चिउरीको मह, तरुल,मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, आरनबाट उत्पादित फलामे औजारसहितका उत्पादनको बिक्रीका लागि राखिएका थिए ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले हाट बजारकाे उद्घाृटन गरेका थिए । हाट बजार उद्घाटन गर्दै उनले व्यवस्था परिवर्तनसँगै राज्यले किनारा पारेका सीमान्तकृत र जनजाति समुदायका व्यक्तिलाई समेत राज्य सञ्चालनको स्थानमा पुर्याएकाे बताए । ‘पिछडिएको भूगोल, समुदाय तथा क्षेत्रको विकासको उत्थानका लागि बागमती प्रदेश सरकारले काम गर्छ’ उनले भने । उनले स्थानीय कृषि उत्पादन वृद्धि गरी आर्थिक अवस्था सुधार गर्न सके समृद्धिको यात्रा पुरा हुने बताए ।

स्थानीय संस्कृती र रैथाने बालीको संरक्षणका लागि हाट बजार सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। ‘हामीले स्थानीयलाई आयआर्जनमा जोड्न र यहाँको संस्कृती संरक्षणका लागि हाट बजार सञ्चालन गर्ने निर्णय गरेका हौं’ उनले भने, ‘सोही अनुसार सञ्चालन गरिरहेका छौँ । यसको जिम्मा प्रत्येक वडालाई दिएका छौँ।’ हाट बजारमा उत्कृष्ट हुने वडालाई पुरष्कृत गर्ने योजना रहेकाे उनले बताए । अघिल्लो बर्ष उत्कृष्ट भएका वडालाई यो बर्षको उद्घाटन समारोहमा पुरस्कृत समेत गरिएकाे थियाे ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १० पटक हाटबजार आयोजना गर्ने योजना बनाएकाे छ । अध्यक्ष मल्लका अनुसार हाटबजारलाई अब नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीको रुपमा विकास गरिनेछ। उनले अब हरेक हाट बजारमा फरक–फरक वडाले आफ्नो कला, साहित्य, संस्कृति प्रदर्शन गर्नेछन् भने प्रतियोगितात्मक रुपमा कार्यक्रमहरु गरिनेछन् । अब हरेक हरेक महिनाको १ र १५ गते १५ दिनकाे फरकमा हाट बजार लाग्नेछ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट