चौध वर्षीया प्रेक्षाको उपन्यास सार्वजनिक

चितवन, १७ पुस । भरतपुर महानगरपालिका–१२, वसन्तचोकमा रहेको एड्भेञ्चर इङ्ग्लिस बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा प्रेक्षा शर्माद्वारा लिखित उपन्यास ‘फाइण्डिङ द होराइजन’ को बुधबार एक समारोहबिच विमोचन गरिएको छ । एड्भेन्चर स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रेक्षाले लेखेको १८० पृष्ठको उपन्यास विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखनाथ पन्त […]

मलाई गरिएको कारबाही विधानसम्मत छैन : नेता डा रावल

काठमाडौँ, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रिया अनुरुप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त […]

मान्छे र बाख्रा मारेर भागेको बाघलाई नियन्त्रणमा लिइयो

मकवानपुर, १७ पुस । मनहरी गाउँपालिका- ५ वसन्तपुरमा मान्छे र बाख्रा मारेर भागेको बाघलाई नियन्त्रणमा लिइएकाे छ । बाघलाई वसन्तपुरस्थित सुकौरा खोलाबाट नियन्त्रणमा लिइएकाे हाे । १४ पुसमा घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घर छेवैमा उक्त बाघले मारेकाे थियो । यसैगरी स्थानीय सूर्यबहादुर मोक्तानकाे ७ वटा बाख्रा समेत मारेकाे बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने […]

मकवानपुरको राक्सिराङमा हाटबजार

मकवानपुर, १७ पुस । राक्सिराङ गाउँपालिकामा हाटबजार शुुभारम्भ गरिएको छ । राक्सिराङ्–५, चैनपुरस्थित हाटबजार स्थलमा गाउँपालिकाले हरेक महिनाको १ र १५ गते महिनामा २ दिन सञ्चालन गर्ने हाट बजारकाे सोमबार शुभारम्भ गरिएकाे हाे । उद्घाटन कार्यक्रममा चेपाङ जातिको पहिचान झल्काउने नाच, गान तथा नाटकहरु समेत प्रस्तुत गरिएको थियो । हाट बजारमा मास, गहत, रायोको साग, […]

अहिलेकाे सरकार तीन वर्षसम्म निरन्तर रहन्छ : गगन थापा

मकवानपुर, १७ पुस । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै तहका जनप्रतिनिधिले परिणाम आउनेगरी काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रस मकवानपुरले ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसमा मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई महामन्त्री गगन थापाले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । थापाले जनताले २०७९ सालको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएकाे बताउँदै […]